काठमाडौँ । मनसुन प्रतिकार्यका लागि सशस्त्र प्रहरी बलले देशैभरिका प्रहरी युनिटलाई २४ सै घण्टा तयारी अवस्थामा खटाएको छ । देशभरि भारी वर्षा बढेसँगै बाढीपहिरो तथा डुबानको जोखिम भएकाले उद्धारका लागि सशस्त्रले विपत्सम्बन्धी तालिमप्राप्त प्रहरीलाई आवश्यक उद्धार सामग्रीसहित खटाएको हो । देशका विभिन्न ६ स्थानमा गोताखोर तालिमप्राप्त प्रहरी खटाइएको छ । जल उत्पन्न प्रकोपको समयमा उद्धार कार्यमा परिचालन गर्न […]