भरतपुरका कांग्रेससँग सशंकित प्रचण्ड, गठबन्धनमा इमानदार हुन कार्यकर्तालाई कांग्रेस नेताहरूको आग्रह

बिहीबार चितवनकाे भरतपुरमा आयाेजित चुनावी सभामा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल सशंकित मुद्रामा देखिए । नेपाली कांग्रेसका कार्यकर्ताले हँसिया हथाैडामा भोट नहाल्ने त्रास उनमा प्रस्ट देखियो ।