श्वासप्रश्वासका बिरामी बढेपछि उत्तर कोरियाको राजधानी प्योङ्याङमा लकडाउन गरिएको छ । उत्तर कोरियाले आउँदो आइतवारसम्म लागू हुने गरी राजधानी सहरमा लकडाउनको आदेश जारी गरेको हो ।
प्योङ्याङका बासिन्दालाई घरभित्रै बस्न तथा हरेक दिन शरीरको तापक्रम जाँच गर्न आदेश दिइएको उत्तर कोरियाली सरकारलाई उद्धृत गरी एनके न्युजले जनाएको छ । बिरामीमा कोरोना भाइरससँग मिल्दोजुल्दो लक्षण देखिएका भए पनि कोरोना नभनेर रुघाखोकी तथा श्वासप्रश्वास समस्याका रुपमा उल्लेख गरिएको छ ।
उत्तर कोरियाले गएको अगस्टमा कोरोना महामारीबाट मुक्त भएको घोषणा ...