राजधानीमा जारी नेपाल सुपर लिग फुटबल प्रतियोगितामा वीरगञ्ज युनाइटेड फुटबल क्लब विजयी भएको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा भएको खेलमा वीरगञ्जले स्पोर्टिङ इलामलाई २–१ गोलअन्तरले पराजित गर्दै विजयी भएको हो । खेलमा सुरुआती अग्रता भने इलामले लियो । इलामका आशिष चापागाईंले खेलको १५औँ मिनेटमा गोल गर्दै पहिलो अग्रता लिएका हुन् । तर इलामको त्यो एक …