धनगढी : जिल्ला अदालत कैलालीले दिएको फरार सूचीका आधारमा प्रहरीले अभियुक्तलाई पक्राउ गर्ने गरेको छ। त्यसैले फरार सूचीको विषयमा अदालत निकै संवेदनशील हुनुपर्ने हो। तर अदालतले नै प्रहरीलाई फरार व्यक्तिको गलत सूची उपलब्ध गराउँदा प्रहरीलाई अनावश्यक सास्ती हुने गरेको छ।पहिले नै सफाइ पाइसकेका व्यक्तिलाई समेत कतिपय अवस्थामा पक्राउ गरेर अदालतमा उपस्थित गराइएको पाइएको छ। अदालतले तथ्यांक अद्यावधिक नगर्दा सफाइ पाइसकेका व्यक्तिले समेत अनावश्यक दुःख पाउने गरेको प्रहरीको अनुभव छ।जिल्ला अदालतले दिएको फर