ऐतिहासिक पोखरी र कुरुप बन्दै, दुर्गन्ध बढ्याे

सप्तरी, राजविराज । राजविराजस्थित ऐतिहासिक भगवती पोखरी कुरुप र दुर्घन्धित भएको छ । आवश्यक रेखदेख, सरसफाई र संरक्षणको अभावमा उक्त पोखरी कुरुप र दुर्घन्धित बनेको हो । नगरवासीका लागि छठ तथा अन्य पर्व र विवाहका समयमा विभिन्न विधीका लागि सर्वाधिक प्रयोग गरिने उक्त पोखरी अहिले सर्वसाधारणले फोहर फ्याल्ने र दिशापिसाब फर्ने थलोको रुपमा प्रयोग गर्न […] The post ऐतिहासिक पोखरी र कुरुप बन्दै, दुर्गन्ध बढ्याे appeared first on राजधानी राष्ट्रिय दैनिक.

सम्बन्धित सामग्री

माईधिया पोखरी

वीरगञ्ज महानगरपालिका १६ बसपार्क नजिकै रहेको माईधिया पोखरी । संरक्षणको अभावमा कुरुप बन्दै गइरहेको पोखरी छठ पर्व नजिकिएसँगै सरसफाइ सुरु भएको छ ।

कमलपोखरीका सयौँ माछा दिनहुँ किन मर्छन् ?

काठमाडौं। काठमाडौंको कमलपोखरीमा पछिल्लो केही दिनदेखि माछाहरु दूषित पानिको कारण मरिरहेका छन्। कमलपोखरीमा प्लास्टिक, बोक्रा लगायतका फोहोर फाल्ने गरेकाले पोखरी फोहोर भएको स्थानीयहरु बताउँछन्। कमलपोखरीमा नियमित सरसफाई र व्यवस्थापन नहुँदा पोखरी कुरुप बन्दै गइरहेको छ।

पर्यटकको आकर्षक गन्तव्य बन्दै गएको तालतलैयाको फोहोर व्यवस्थापन ठूलो चुनौती

चैत २७, धरान । पछिल्लो समय सिमसार क्षेत्रहरु पर्यटकको आकर्षक गन्तव्य बन्दै गएको छ ।  सीमसार क्षेत्रमा पुगेर प्रकृतिको मनोरम दृश्यावलोकनसँगै त्यहाँ रहेका पार्क, चिडिया घर लगायतले आन्तरिक तथा बाह्य पर्यटकहरुलाई लोभ्याउने गरेको छ । सिमसार क्षेत्रहरु जति पर्यटकीय स्थल बन्दै गएको छ, त्यतिनै दुषित पनि बन्दै गएको छ । सिमसार क्षेत्रको संरक्षण तथा फोहोर व्यवस्थापनमा चासो नदिदा प्रदुषित बन्दै गएको छ । सिमसार क्षेत्रमा आउने पानीको मुहान पनि सुक्दै गएका छन् ।  एकातिर वनभोज खान आउनेहरुले जथाभावि फोहोरले प्रदुषित बन्दै गएको छ भने तालतलैयामा रहेका जलकुम्भीका कारण आकर्षक तालतलैयाको सौन्दर्य नै हराउन थालेको छ । फोहोरले दुषित बनाउँदै गएपछि इटहरी स्थित तालतलैया क्षेत्रमा शनिवार सरसफाई गरिएको छ ।  तालमा भरिएका जलकुम्भीहरू नेपाली सेना, सशस्त्र प्रहरी वल लगायत स्थानीयहरूको सहयोगमा सरसफाइ गरिएको हो । जलकुम्भीले वातावरणमा नकरात्मक असर पर्ने र तालको सुन्दरता नै ढाकिने भएपछि सरसफाइ गरिएको तालतलैया संरक्षण समितिका अध्यक्ष लक्ष्मी प्रसाल खनालले बताए । उनले भने, ‘तालतलैयाको सुन्दरता देखेरै सयौ सर्वसाधारण तालतलैया घुम्न आउँछन् तर जलकुम्भीका कारण ताल कुरुप बन्दै गयो, यसको सुन्दरतामा निखार ल्याउन पनि हामीले सरसफाई गरेका हौं ।’ पछिल्लो समय तालतलैयामा रहेको पोखरी, चिल्ड्रेन पार्क, चिडिया घर र विभिन्न आकृति खोपिएका ढुंगाका मुर्तिहरूले तालतलैयामा सर्वसाधारणको आकर्षण बढे पनि जलकुम्भीका कारण सुन्दरतामाथि नै आँच आउनसक्ने भएपछि सरसफाइ गरिएको उनले बताए ।