काठमाडौं : प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले संसदको सफलतामा दलहरुबीच उच्च समझदारी र सहकार्य आवश्यक रहेको बताएका छन्। प्रतिनिधिसभाको अन्तिम बैठकलाई सम्बोधन गर्दै सभामुख सापकोटाले दलहरुबीच उच्च समझदारी बन्दा संसदले गति लिने उल्लेख गरे। ‘संसदको सफलतामा दलहरुबीच उच्च समझदारी र सहकार्य आवश्यक छ। ११ औं अधिवेशनमा उल्लेखनीय कार्य भएको तथ्यले पनि दलहरुबीच उच्च समझदारी बन्दा संसदले गति लिने यथार्थ पुनर्पुष्टि भएको छ।’ उनले भने,‘यही समझदारीले सहकार्यमा आधारित राजन