नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार र सरकारका मन्त्रीहरु नै ब्ल्याकमेलर भएको आरोप लगाएका छन् । आइतबार एमाले उद्योग विभागले उद्यमी व्यवसायीसँग गरेको अन्तरक्रियामा बोल्दै पूर्व प्रधानमन्त्रीसमेत रहेका ओलीले वर्तमान सरकारको गलत नीति र क्रियाकलापका कारण अर्थतन्त्रका सूचकहरु गम्भिर मोडमा पुगेको बताए । ‘तपाईहरुलाई थाहा छ अहिलेको सरकार र सरकारका मन्त्रीहरु ब्ल्याकमेलरका रुपमा काम गरिरहेका छन्’ ओलीले भने, ‘कसैसँग पैसा माग्यो दिएन भने तिमीलाई यस्तो गरिदिन