हुथी विद्रोहीसँग युद्धविराम वार्ता गर्न साउदी प्रतिनिधिमण्डल यमनमा

इरान समर्थित हुथी लडाकु समूहसँग युद्धविराम वार्ता गर्न साउदी अरबको एक प्रतिनिधिमण्डल यमनको राजधानीमा पुगेको छ । सन् २०२२ को अक्टोबरमा समाप्त भएको युद्धविराम सम्झौता नवीकरण गर्नेबारे छलफल गर्न साउदी प्रतिनिधिमण्डल ओमान पुगेको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ । टोलीले ओमानी अधिकारीसहित हुथीको राजनीतिक परिषद्का अध्यक्ष महदी अल–मशातसँग भेटवार्ता गर्नेछ । यमन र साउदी अरब दुवैसँग सीमा जोडिएको ओमान संयुक्त राष्ट्र सङ्घको शान्ति प्रयाससँग समन्वय गरी युद्धविरामका लागि सक्रिय रूपमा लागिपरेको छ । साउदी अरब र इरा...