गृहमन्त्री बालकृष्ण खाँणले स्थानीय तह निर्वाचनमा उम्मेदवारको मनोनयनका समयमा अप्रत्याशित घटना रोक्न सुरक्षा तयारीबारे जानकारी लिएका छन् । शनिवार नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका सातै प्रदेशका प्रमुख र केन्द्रको निर्वाचन हेर्ने सेलका प्रमुखसँग जानकारी लिएका हुन् । स्थानीय तह निर्वाचनको उम्मेदवारी मनोनयनको वैशाख ११ र १२ मा हुँदै छ । गृहमन्त्री खाँणले नेपाल प्रहरीको निर्वाचन सेल प्रमुख एआईजी सहकुल बहादुर थापा र सशस्त्र प्रहरी बलका डीआईजी चन्द्रप्रकाश गौतमसँग जानकारी लिएका हुन् । गृहमन्त्