दयनीय नेपाली विषय

हाम्रो देशको साक्षरता प्रतिशत पनि उत्तरोत्तर बढ्दै छ । सरकारको लगानी त छँदै छ । त्यसभन्दा पनि आजका अभिभावक शिक्षाप्रति सचेत र चिन्तित देखिन्छन् । अरूका भन्दा सक्षम बनाउन उनीहरू आफ्ना सन्तानलाई सहरतिर लान्छन् । सकेसम्म ‘बोर्डिङ स्कुल’ मा पढाउँछन् । धेरै शुल्क तिर्छन् ।