औषधि व्यवस्था विभागले कोभिड—१९ (कोरोनाभाइरस) विरुद्धको खोप आयातका लागि उत्पादक वा आधिकारिक आयातकर्तालाई दर्ता अनुमति पत्रका लागि आवेदनको माग गरेको छ । विभागले सूचना जारी गर्दै कोभिड—१९ को खोपको आपतकालीन प्रयोगका लागि दर्ता अनुमतिका लागि आह्वान गरेको हो । कोभिड विरुद्धको औषधि र खोपको आपतकालि...