धनकुटाको साँगुरीगढी गाउँपालिकाको अध्यक्षमा कांग्रेस र उपाध्यक्षमा एमाले विजयी
धनकुटाको साँगुरीगढी गाउँपालिकाको अध्यक्षमा गठबन्धनको तर्फबाट नेपाली कांंग्रेसका उम्मेदवार जितेन्द्र राई विजयी भएका छन्। आज बिहान सम्पन्न मतगणनाको परिणामअनुसार पाँच हजार ३९९ मतसहित कांग्रेस उम्मेदवार राई विजयी भएका हुन्।
उनका निकटतम...
मोरंगको ग्रामथान गाउँपालिकामा अध्यक्षमा कांग्रेस र उपाध्यक्षमा एमाले उम्मेदवार विजयी भएका छन् । अध्यक्षमा कांग्रेसका जयप्रकाश गच्छदार थारुले ७ हजार ६ सय ५० मत पाएर विजयी भए । उनका निकटतम प्रतिस्पर्धी एमालेका...
पर्वत:पर्वतको विहादी गाउँपालिकाको अध्यक्षमा गठबन्धनका तर्फबाट उम्मेदवारी दिएका नेपाली कांग्रेसका परविन गुरुङ निर्वाचित भएका छन। गुरुङ ३ हजार ४६९ मत ल्याएर विजयी हुनुभएको हो । उहाँले एमालेका ओम कुँवरलाई ५३२ मतान्तरले पराजित भएका हुन। कुँवरले २ हजार ९३७ मत ल्याएका छन। उपाध्यक्षमा एमालेकी मीना तिवारी निर्वाचित भएका छन। तिवारीले ३ हजार २२७ मत ल्याएर विजयी हुँदा गठबन्धनका तर्फबाट माओवादी केन्द्रका सन्तबहादुर गुरुङले ३ हजार ५० मत ल्याए। यहाँ ६ वडामध्ये ३ वटामा एमाले, २ मा कांग्रेस र एउट
४ जेठ, विराटनगर । मोरङको कटहरी गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेस र उपाध्यक्षमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् । अध्यक्षमा कांग्रेसका देवराज चौधरी र उपाध्यक्षमा एमालेकी सीतादेवी राजवंशी निर्वाचित भएका हुन् । चौधरी ६ हजार ५६५ मतसहित विजयी भए । अध्यक्षमा चौधरीका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका सुभाषकुमार सरदारले ५ हजार ६८२ मत प्राप्त गरे । […]
३ जेठ, गुल्मी । गुल्मीको कालिगण्डकी गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका बेदबहादुर थापा निर्वाचित भएका छन् । उपाध्यक्षमा भने नेकपा एमालेकी मञ्जुकुमारी दर्लामी निर्वाचित भएकी छन् । अध्यक्षमा कांग्रेसका थापाले ४ हजार ८१० मत ल्याउँदा उनका निकटतम् प्रतिद्वन्दी नेकपा एमालेका रामजी ढकालले ४ हजार ६७७ मत ल्याए । उपाध्यक्षमा निर्वाचित एमालेकी दर्लामीले ४ हजार ४८४ मत […]
रसुवा - रसुवाको नौकुण्ड गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेस र उपाध्यक्षमा नेकपा एमाले विजयी भएको छ । अध्यक्षमा कांग्रेसका नुर्वुसाङ्बो घलेले ३४७४ मत पाउनुभयो । उहाँको निकटतम प्रतिद्वन्द्वि नेकपा एमालेकी सिर्जना लामाले ३०९७ मत पाउनुभयो ।
उपाध्यक्षमा एमालेका चन्द्रबहादुर तामाङले २९०४ मत ल्याएर निर्वाचित हुनुभयो । उपाध्यक्षका निकटतम प्रतिद्वन्द्वि जनता समाजवादी पार्टीका भुमे लामाले १९५१ मत पाउनुभयो ।
अन्तिम परिणाम अनुसार वडा नम्बर १ मा कांग्रेसका कान्छा तामाङ, वडा नम्बर २ मा एमालेका ङाफु याल्बो थोक्...
ओखलढुङ्गा - ओखलढुङ्गाको मोलुङ गाउँपालिकामा अध्यक्ष र उपाध्यक्षमा एमालेका उम्मेदवार विजयी भएका छन् ।
कांग्रेस/माओवादीको गठबन्धनका उम्मेदवार राजन दाहाललाई हराउँदै नेकपा एमालेका उत्तम राई अध्यक्षमा विजयी हुनुभयो ।
राईले ४ हजार ५२ मत प्राप्त गर्दा उहाँका प्रतिस्पर्धी कांग्रेसका दाहालले ३ हजार ४ सय ६२ मत प्राप्त गर्नुभयो ।
उपाध्यक्षमा एमालेकै उर्मीला खतिवडा ४ हजार २ सय मतसहित निर्वाचित हुनुभएको छ ।
१ जेठ, दैलेख । दैलेखको गुराँस गाउँपालिकामा एमाले विजयी भएको छ । एमालेका टोपबहादुर बिसी ४१२० मतका साथ अध्यक्षमा विजयी भएका छन् । बीसीले निवर्तमान अध्यक्षसमेत रहेका कांग्रेस दैलेखका सचिव खेमराज वलीलाई पराजित गरेका हुन् । वलीले ३७७५ मत ल्याए । अघिल्लो पटक वलीले एमालेलाई फराकिलो अन्तरले पराजित गरेका थिए । यस्तै उपाध्यक्षमा पनि एमालेकी […]
१ जेठ, सल्यान । सल्यानको कुमाख गाउँपालिकामा नेपाली कांग्रेस र नेकपा एमालेको गठबन्धन विजयी भएको छ । अध्यक्षमा कांग्रेसका मानबहादुर बुढाथोकी ४० मतान्तरले विजयी भएका छन् । बुढाथोकीले ४०५८ मत ल्याए भने उनका निकटतम् प्रतिद्वन्द्वी माओवादी केन्द्रका डिल्लीराज जैशीले ४०१२ मत ल्याए । उपाध्यक्षमा पनि गठबन्धनबाट एमालेका लालबहादुर रावत विजयी भएका छन् । रावतले ४१४३ […]
बझाङ – बझाङको थलरा गाउँपालिकाको अध्यक्षमा एमाले र उपाध्यक्षमा कांग्रेसका उम्मेदवारले जित हासिल गरेका छन् ।
अध्यक्षमा निर्वाचित एमालेका प्रकाश रोकायाले २ हजार ७ सय ७४ मत प्राप्त गर्नुभएको छ । उहाँका प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार कुलराज जोशीले २ हजार १ सय १३ मत प्राप्त गर्नुभएको छ । सत्ता गठबन्धनका तर्फबाट नेकपा (एकीकृत समाजवादी) का उम्मेदवार विनोद थापाले १ हजार २ सय ३ मत प्राप्त गर्नुभएको छ ।
उपाध्यक्षमा गठबन्धनका तर्फबाट कांग्रेसका राम खाती विजयी हुनुभयो । उहाँले ३ हजार १ सय ५० मत प्राप्त गर्नुभयो । उहाँ...
बझाङ, जेठ १ । जिल्लाको साइपाल गाउँपालिकामा एमाले विजयी भएको छ। एमाले उम्मेदवार मानबहादुर बोहरा ६ सय ७५ मत ल्याएर गाउँपालिका अध्यक्षमा विजयी भएका छन् । कांग्रेस उम्मेदवार उजेल बोहरा ६ सय १३ मत ल्याएर पराजित भएका छन्। उपाध्यक्षमा पनि एमालेकी डोल्मा तामाङ ६७५ मत ल्याएर विजयी भएकी छन्। उनकी प्रतिस्पर्धी बाटु बोहराले ६१९ मत […]