रुससँग वार्ताका लागि युक्रेनको प्रस्ताव

युक्रेनले रुससँग वार्ताका लागि प्रस्ताव पठाएको छ । मारियुपोल शहरमा रुसी आक्रमण तीव्र भएका बेला युक्रेनले मध्यस्थकर्तामार्फत वार्ताको प्रस्ताव पठाएको बीबीसीले जनाएको छ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले सर्वसाधारणलाई शहरबाट बाहिर निकाल्ने उद्देश्यले वार्ताको प्रस्ताव पठाएको खबरमा उल्लेख छ । रुससँग निःशर्त विशेष चरणको वार्ता गर्न आफूहरु तयार रहेको युक्रेनी प्रस्तावमा अहिलेसम्म रुसले कुनै प्रतिक्रिया जनाएको छैन । युक्रेनी वार्ताकार मिखाइलो पोदोलियाकले आफ्ना सैनिक, सर्वसाधारण, बालबालिका र घाइतेलगायतलाई बचाउन वार्ताको प्...