कराँते च्याम्पियनसिप : पुरुष टिम कातामा एपिएफ च्याम्पियन

काठमाडौँ : दोस्रो कृष्णप्रसाद भट्टराई स्मृति राष्ट्रिय कराँते प्रतियोगिताअन्तर्गत बिहीवार भएको महिला एकल कातामा नेपाल पुलिसकी चञ्चला दनुवार र पुरुषतर्फ एपिएफका सोनिम मानन्धरले स्वर्ण पदक जितेका छन्। ललितपुरस्थित सातदोबाटेको कराते हलमा बिहीवार भएको महिलातर्फको कातामा चञ्चलाले कर्णाली प्रदेशकी एलिसा रासकोटीले पछि पार्दै स्वर्ण पदक जितेकी हुन्। यसै स्पर्धामा वागमती प्रदेशकी मिरा खाती र प्रदेश १ की रोश्मा राईले काँस्य पदक जिते। पुरुषतर्फ सोनिम मानन्धरले पुलिसका महसुस मोक्तानलाई पछि पार्दै स्वर्ण पदक जितेका हुन्। यसै स्पर्धामा मधे...