भुटानी शरणार्थी ठगी प्रकरण : अनुसन्धान अन्तिमतिर, दबाबमा प्रहरी
राज्यकै संलग्नतामा नेपाली नागरिकलाई शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै भएको संगठित ठगी घटनाको अनुसन्धान अन्तिम चरणमा पुगेको छ । बिहीबारभित्र रायसहितको अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाउने प्रहरी तयारी छ ।
अनुसन्धान अन्तिम...
पोखराको सूर्यदर्शन सहकारी बचत तथा ऋण सहकारी संस्थाका पीडितले उजुरी दिएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेमाथि नेपाल प्रहरीले अनुसन्धान अघि बढाएको छ।...
पोखरा । पोखरा–१३ काहुँखोलाकी ४० वर्षीया लक्ष्मी महर्जनले २ वर्षअघि सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थामा १० लाख रुपैयाँ जम्मा गरिन् । मुद्दती खातामा राखेको सो रकमको राम्रै ब्याज आयो । पहिला १४ प्रतिशत ब्याजदरमा बचत गरेकामा गत वर्ष बढाएर झन् १७ प्रतिशत दिने आश्वासनपछि सो रकम उनले निकालिनन् । भविष्यको गर्जो टर्ला भनी आशामा […]
The post सूर्यदर्शन सहकारी ठगी प्रकरण: बचतकर्ताको बिचल्ली appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....
‘नक्कली भुटानी शरणार्थी बनाएर ठगी प्रकरण’ यतिखेर सर्वत्र चर्चाको विषय बनेको छ । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिकालगायत तेस्रो देशमा पुनर्वासमा पठाउने प्रकरणमा संलग्न भएको आरोपमा देशका उच्चपदस्थ राजनीतिज्ञ र प्रशासक पक्राउ परिरहेका छन् । देशको शिर नै झुकाउने यस्तो प्रकरणमा संलग्नहरूलाई कडाभन्दा कडा कारबाहीको माग गर्दै नागरिकहरू पनि सडकमा आइरहेका छन् । यसलाई […]
भुटानी शरणार्थीको आवरणमा एक अर्ब ठगी प्रकरण
गृहले गठन गरेको कार्यदल सदस्य पनि छानबिनमा
शरणार्थीका नाममा ठगी मुद्दाको भित्री कथा
बयान जस्ताको तस्तै नलेखे आत्मदाह गर्ने बिचौलियाको धम्कीपछि तानिए ‘हाई प्रोफाइल’
भुटानी शरणार्थी बनाएर...
५२ करोड रूपैयाँ ठगी गरेको अभियोग लागेको नेपाल इञ्जिनियरिङ कलेजका पूर्वअध्यक्ष लम्बोदरकुमार न्यौपाने लगायतले सफाइ पाएका छन् । जिल्ला अदालत भक्तपुरले न्यौपानेसहित ६ जनालाई ठगीको अभियोगमा दाबी नपुग्ने फैसला गरेको हो । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को अनुसन्धानले ठगी गरेको प्रतिवेदन दिएपछि जिल्ला सरकारी वकिल कार्यालयले ०७७ पुसमा उनीविरुद्ध ठगी मुद्दा दायर गरेको थियो। जसमा न्यौपानेसहित लवराज भट्टराई, उपेन्द्र गौतम, रामरत्न उपाध्याय, रामकुमार श्रेष्ठ थिए । उनीहरु सबै
काठमाडौं । जिल्ला अदालत काठमाडौंले संगठित ठगीको आरोपमा पक्राउ परेका सिभिल ग्रुपका अध्यक्ष इच्छाराज तामाङलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको छ । सरकारी वकील कार्यालयले तामाङसहित ४२ जनालाई प्रतिवादी बनाउँदै संगठित ठगीको अभियोगमा काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गरेको थियो । सिभिल सहकारीमा निक्षेपकर्ताले जम्मा गरेको रकम ठगी गरेको भन्दै पीडितको उजुरीको आधारमा सीआईबीले […]
The post सिभिल ग्रुप ठगी प्रकरण: इच्छारामलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.
सिभिल सहकारीले निक्षेपकर्तामाथि गरेको आर्थिक ठगीमा ४२ प्रतिवादी करार गर्दै शुक्रबार जिल्ला अदालत काठमाडौंमा मुद्दा पेस भएको छ । जिल्ला सरकारी वकिल कार्यालयले बहसका लागि मुद्दा पेस गरेको हो ।
जिल्ला सरकारी वकिल...
काठमाडौं । सिभिल सेभिङ एन्ड क्रेडिट को–अपरेटिभमार्फत इच्छाराज तामाङसहितको टोलीले गरेको ठगी रकम ४ अर्ब रुपैयाँभन्दा माथि पुगेको छ । असोज मसान्त अर्थात् आइतवारसम्म सहकारीका पूर्वअध्यक्षसमेत रहेका तामाङसहितको टोलीले निक्षेपकर्ताको रू. ४ अर्ब ७ करोड १ लाख १ हजार ४४४ रुपैयाँ ठगी गरेको आरोप लागेको हो ।
नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) मा शुक्रवारसम्म ९९१ जना पीडितले जाहेरी दिएका छन् । उक्त जाहेरीको आधारमा बिगो रकम ४ अर्बभन्दा माथि पुगेको सीआईबी प्रवक्ता श्यामकुमार महतोले जानकारी दिए । सम्भवतः यो सहकारी क्षेत्रमा भएको सबैभन्दा ठूलो गठी प्रकरण हुन सक्ने उनको भनाइ छ ।
‘अझै पनि केही पीडितहरू जाहेरी दिने तयारीमा छन् । करीब १ हजार जनाले लिखित जाहेरी दिएका छन् । हामीले गरेको प्रारम्भिक अध्ययनअनुसार सम्भवतः सहकारी क्षेत्रमा यो स्तरको ठगी प्रकरण यसभन्दा पहिला भएको देखिँदैन,’ उनले भने, ‘तसर्थ, सहकारी क्षेत्रमा भएको यो सबैभन्दा ठूलो प्रकरण हो जस्तो लाग्छ ।’
उनले यस घटनामा विषयमा अहिले आवश्यक प्रमाणहरू जुटाउने काम भइरहेको बताए । ‘अझै पनि हामी यस मुद्दामा आवश्यक कागजपत्र जुटाउने काम गरेका छौं । त्यो काम सकिएपछि मात्र हामी यस मुद्दाको विश्लेषण गर्ने चरणमा प्रवेश गर्छाैं,’ प्रवक्ता महतोले भने ।
सीआईबीले ७७ जना पीडित निक्षेपकर्ताको जाहेरीको आधारमा गत असोज १८ गते तामाङलाई पक्राउ गरेको थियो । साथै, असोज १९ गते थप ११ जनालाई पक्राउ गरेको थियो । उनीहरूलाई पक्राउ गरेपछि अन्य पीडित निक्षेपकर्ताहरू पनि जाहेरी दिँदै आएका छन् । सीआईबीले असोज १९ गते उक्त आरोपीहरूलाई सार्वजनिक गर्दा बिगो रकम ७० करोड रुपैयाँको हारहारीमा थियो । तर, हालसम्म आउँदा बिगो रकम ४ अर्बभन्दा बढी पुगेको छ ।
निक्षेपकर्ताहरूको उजुरीको आधारमा सीईआईबीले पक्राउ गरेका तामाङ पूर्वसभासद् पनि हुन् । साथै, उनी सिभिल बैंकका बहालवाला अध्यक्ष पनि रहेका छन् ।