सल्यान : कुनै समय प्रति किलो १५० रुपैयाँसम्म बिक्री भएको गोलभेँडाको मूल्य घट्न थालेको छ। कृषि उपज बजार कपुरकोट सल्यानका अनुसार ५० देखि ५५ रुपैयाँका दरले गोलभेँडा बिक्री भएको जनाएको छ। भारतको गोलभेँडा नेपाली बजारमा आउन थालेपछि नेपालको उत्पादनले भने मूल्य पाउन छोडेको छ।भारतसम्म निकासी हुँदा सल्यानका किसानले १५० रुपैयाँ प्रतिकिलोसम्म गोलभेँडा बिक्री गरेका थिए। कृषि उपज संकलन केन्द्र कपुरकोटका अनुसार आज (शुक्रबार) गोलभेँडा ५० देखि ५५, बन्दागोभी ४० देखि ४५, फूलगोभी ५० देखि ५५, भेडे खुर्सानी ७०