नेकपा (क्रान्तिकारी माओवादी) निकट अखिल क्रान्तिकारीले तुइन तर्ने क्रममा जयसिंह धामी महाकाली नदीमा बेपत्ता भएको घटनाको छानबिन गरी दोषी उपर कारबाहीको माग गर्दै प्रदर्शन गरेको छ ।
अखिल क्रान्तिकारीले जयसिंह धामी महाकाली नदीमा बेपत्ता भएको घटनाको वास्तविकता छानबिन गरी दोषीलाई हदैसम्मको कारवाही गर्न माग गर्दै लैनचौरस्थित भारतीय राजदूतावास अगाडि प्रदर्शन गरेको हो ।
पटक–पटक भारतले नेपाल र नेपालीमाथि ज्यादती र दुर्व्यवहार गरेकाले भारतीय ज्यादतीविरुद्ध विरोध प्रदर्शन गरिएको अखिल क्रान्तिकारीका अध्यक्ष हरिकृष्...