ओटिपीमार्फत भन्सार सुधार

नेपाल मात्र यस्तो देश हो जहाँ जसले जे गर्ने हो उसले त्यो काम गर्न पाउँदैन । यसको पछिल्लो उदाहरण हो भन्सार एजेन्ट । देशभरकै अधिकांश भन्सार नाकामा जाने हो भने एकाधबाहेक अन्य काम बिचौलियाले गरेका छन् । भन्सार ऐन २०६४ को परिच्छेद १० दफा ५१ मा भन्सार एजेन्टको इजाजतपत्र सम्बन्धी व्यवस्था गरिएको छ । यस अनुसार आयातनिर्यात काममा भन्सारमा सहजीकरण गर्न अनिवार्य इजाजत लिनुपर्ने व्यवस्था गरेको छ । यसैका लागि २०५४ र २०५७ मा सरकारले तत्कालीन कानूनअनुसार विभिन्न तरीकाले भन्सार एजेन्ट छानिएपछि २०७८ मा लोकसेवा आयोगले परीक्षा लिएर ६६० जना भन्सार एजेन्टको नियुक्ति गर्‍यो । विभागको वेबसाइटका अनुसार ६७० भन्सार एजेन्ट रहेका छन् तर भन्सार कार्यालयमा गैरभन्सार एजेन्टको बिगबिगी छ । यस्तो हुनुमा सरकारभन्दा भन्सार एजेन्टहरू नै दोषी छन् जसले २०० देखि रू. १००० सम्ममा बिचौलियालाई आफ्नो लाइसेन्स बेचेका छन् । २०८० साल साउनदेखि पुस मसान्तसम्म ८४३ दशमलव ११ अर्बको आयात र ७४ दशमलव ९७ अर्ब निर्यात भएको छ । पेट्रोलियम पदार्थको आयातलाई छोडेर अरू सबैमा भन्सार एजेन्टले दस्तखत गर्नुपर्छ । नेपालको ४४ प्रतिशत राजस्वको भुक्तानी भन्सार एजेन्टको जिम्मेवारीमा बैंक दाखिला हुन्छ । २०८० जेठ १५ सम्म सरकारले भन्सार एजेन्टको काममा एजेन्टकै उत्तरदायित्व छाताभित्र रहने गरी भन्सार प्रतिनिधि राखेर पनि काम सञ्चालन गरेको थियो । माथि उल्लिखित मितिबाट प्रतिनिधिको व्यवस्था खारेज भयो । आधिकारिक रूपमा प्रतिनिधि खारेज भए पनि व्यापारी आफ्नो पहिचानमा भएकाले पुराना प्रतिनिधिले नयाँ भन्सार एजेन्टको लाइसेन्स र आईडी प्रयोग गरेर अहिले काम गरेका छन् ।  लोकसेवा आयोगको परीक्षा उत्तीर्ण गरेर आएका भन्सार एजेन्टले काम पाएका छैनन् तर पुरना प्रतिनिधि र पहिलाका केही भन्सार एजेन्टले आवश्यता र क्षमताभन्दा बढी काम पाए भन्ने आशंकाले सरकारले भन्सारको महत्त्वपूर्ण कम्प्युटर प्रणालीमा वान टाइम पासवर्ड (ओटीपी) को व्यवस्था गरेको छ । यो किन चाहियो ? यसको अर्थ के हो ? भन्ने सन्दर्भमा आम पाठकले बुझ्न जरुरी छ ।  नेपालमा हजारौं कुरामा बेथिति छ भनिरहँदा गणतन्त्रपछि सुधारिएको एउटा क्षेत्र छ त्यो हो, लोकसेवा आयोग र शिक्षक सेवा आयोगको परीक्षा । एमबीबीएस, एमडीको चिकित्सा परिषद्ले लिने प्रवेश परीषाको निष्पक्षतामाथि पनि अहिलेसम्म कसैले प्रश्न उठाउन सकेको छैन । लोकसेवा आयोगजस्तो निष्पक्ष संस्थाले परीक्षा लिएकाले ६६० भन्सार एजेन्ट निष्पक्ष नियुक्त भए पनि अधिकांश काम पुरानै एजेन्ट र निवर्तमान प्रतिनिधिमा रह्यो, नयाँले पाउन सकेनन् । नयाँ एजेन्टले निकै थोरैले मात्र काम पाएका छन् । बाँकीले पूर्वप्रतिनिधिलाई कौडीको भाउमा आफ्नो आईडी बेचेका छन् । २०८० साउनको ६१ केजी सुन तस्करी काण्डमा पनि त्यस्तै निर्दोष भन्सार एजेन्टहरू जेलमा परेका छन् जसले अनजानमा आफ्नो युजर आईडी प्रयोग गर्न अरूलाई दिएका थिए । यसरी युजर आईडी जसले बेचेको छ उसले ज्यादै थोरै रकम पाएको अवस्था छ भने पुराना प्रतिनिधि वा केही बिचौलियाले पनि पार्टीसँगबाट काम ल्याएर नयाँकै आईडी प्रयोग गरी काम गरेका छन् ।  अदालतमा बहस पैरवी गर्न बार काउन्सिलको अनुमतिपत्र चाहिन्छ, बिरामी चेक गर्न चिकित्सा परिषद्को अनुमति चाहिन्छ, पढाउन शिक्षक लाइसेन्स चाहिन्छ । तर, भन्सारको माल जाँचपास जस्तो महत्त्वपूर्ण काम गर्दा लाइसेन्स नभएका मानिसलाई निर्बाध भन्सार आउन, जान र काम गर्न दिइएको छ । जाँचकी, मूल्यांकनकर्ता र अधिकृत सबैलाई थाहा छ, यो प्रज्ञापनपत्रमा वास्तविक एजेन्टको नाम लेखिएको भए पनि काम अरूले गरिरहेको छ । तर, उहाँहरू रोक्नुहुन्न ।  यसरी नेपालका भन्सारमा नक्कली एजेन्टले सक्कली एजेन्टमाथि राज गरिरहेका छन् । बेच्नेहरूले पनि दुई चार सय भए पनि हात लाग्यो भनेर रमाइरहेका छन् । यसले भोलिका दिनमा अझै निर्दोषहरू प्रताडित हुने र नक्कलीहरू रमाउने अवस्था आउन सक्छ । त्यसैले सरकारले युजर आईडी खोल्दा युजरनेम, पासवर्डपछि ओटीपी पनि माग्न थालेको छ । सक्कली एजेन्टबाट काम गराउन यो सानो उपाय त हो तर यसको पनि बिचौलियाले उपाय निकालिसकेका छन्, फोन नै आफ्नो साथ राख्ने वा फोनबाट नै ओटीपी माग्ने ।  हाल विभागले ल्याएको ओटीपी सिस्टम भन्सार सुधारको प्रयास हो भने गैरभन्सार एजेन्टलाई भन्सार परिसरमा प्रवेश रोक्नुपर्छ र एउटा एजेन्टले दिनभरमा कतिओटा प्रज्ञापन भर्न पाउने हो त्यो निर्धारण गरेर सबैलाई काम गर्ने वातावरण बनाएर सबै एजेन्टलाई बढी जिम्मेवार बनाउनुपर्ने देखिन्छ । अन्यथा राज्यले सही राजस्व पाउने अवस्था रहँदैन । यस्तो कसरी भने पैसा कमाउन बिचौलियाले न्यून बीजकीकरणका अनेक उपाय अपनाउँछन् र कर छल्छन् । बीचमा कोही पक्रिएमा आईडी बेच्ने एजेन्ट कारबाहीमा पर्छन् ।  को एजेन्ट हो वा को होइन, प्रत्येक कर्मचारीलाई थाहा छ र पनि गैरभन्सार एजेन्टको डरलाग्दो चलखेल कानून तथा कार्यक्षेत्र दुवै तिरबाट भइरहेको छ । सुधार कुनै जादू वा चमत्कार होइन । यो आधारभूत प्रणालीको पालनाबाट प्राप्त हुने परिणति हो । भन्सारमा सुधार चाहने हो भने सरकारले वास्तविक भन्सार एजेन्टबाट काम गर्ने वातावरण बनाउनैपर्छ । ओटीपीले काम नगरेमा बायोमेट्रिकको प्रयोग गरेर भए पनि सबै एजेन्टलाई काममा लगाई अन्यलाई बाहिर राख्न सक्नुपर्छ । एउटा व्यक्तिले प्रज्ञापन भर्न पाउने सीमा तोकिनुपर्छ । अन्यथा भन्सार सुधार अधुरो नै रहनेछ । लेखक कैलाशकूट बहुमुखी क्याम्पसमा व्यवस्थापन विषय अध्यापन गर्छन् ।

सम्बन्धित सामग्री

भन्सार दिवसको महत्त्व

अन्तर्राष्ट्रिय भन्सार संगठनले २०२३ लाई ‘अर्को पुस्ताको पालनपोषण गर्न समर्पित गर्दै छ : भन्सारमा ज्ञान बाँडफाँड र व्यावसायिक गौरवको संस्कृति प्रवर्द्धन गर्दै’ भन्ने नाराका साथ मनाउँदै छ । भन्सार संगठनहरूद्वारा हरेक वर्ष जनवरी २६ मा भन्सार सहयोग काउन्सिल अर्थात् विश्व भन्सार संगठन (डब्लूसीओ) को पहिलो औपचारिक सम्मेलनको सम्झनामा भन्सार दिवस मनाइन्छ । विश्व भन्सार संगठन, […]

भन्सार जाँचपासको काम ठप्प पार्ने भन्सार एजेन्टको चेतावनी

१० माघ, काठमाडौं । देशकै प्रमुख भन्सार नाका मध्येको एक वीरगञ्ज भन्सार नाका ठप्प पार्ने चेतावनी वीरगञ्ज भन्सार एजेन्ट संघले दिएको छ । भन्सारबाट जाँचपास भएर छुटेको गाडीलाई प्रहरीले नियन्त्रणमा लिएर दुःख दिन थालेको भन्दै वीरगञ्ज भन्सार एजेण्ट संघले जाँचपासको काम ठप्प पार्ने चेतावनी दिएको हो । वीरगञ्ज भन्सार एजेन्ट संघले मंगलबार निमित्त प्रमुख भंसार […]

बाँकेका सात छोटी भन्सार बन्द

नेपालगञ्ज – द्वन्द्वकालमा बन्द भएका बाँकेका सात वटा छोटी भन्सार अहिलेसम्म पनि पुनःस्थापना हुन सकेका छैनन् । ती भन्सार सञ्चालनमा नआउँदा छोटी भन्सारबाट उठने भन्सार राजस्वसमेत ठप्प भएको भन्सार कार्यालय, नेपालगञ्ज, बाँकेले जनाएको छ । अहिले जिल्लामा रहेका सुइया, बघौडा, नरैनापुर, भगवानपुर, खडैचा, भघोटना, साईगाउँ र उढरापुर छोटी भन्सार बन्द रहेका छन् । यी सबै […]

भन्सार छलीमा आफै संलग्न भेटिए सत्ती भन्सार प्रमुख शाह

कैलालीको सत्ती भन्सार कार्यालय खक्रौलाका कार्यालय प्रमुख आफै भन्सार छलीमा संलग्न रहेको पाइएको छ । भारतीय बजारबाट शुक्रबार साँझ आफ्नै सरकारी गाडीमा भन्सार छली गरी एसी ल्याएको अवस्थामा कार्यालय प्रमुख विमल कुमार शाह फेला परेका हुन् ।भन्सार कार्यालयका कार्यालय प्रमुख शाहले भन्सार कार्यालयको सरकारी नम्बर प्लेटको गाडीमा ४ थान एसी ल्याएको अवस्थामा कार्यालय परिसरमै फेला परेका हुन् । कार्यालयको से १ झ ३०२ नम्बरको गाडीमा प्यानासोनिक कम्पनीको ४ थान एसीसहित उनी फेला परेका हुन् ।दुई देशीय कस्टम बैठकमा सहभाग

भन्सार महसुल अब अनलाइनबाट

व्यवसायीले भन्सार महसुल अब अनलाइनबाट भुक्तानी गर्ने भएका छन् ।७०औं अन्तर्राष्ट्रिय भन्सार दिवसका अवसरमा बुधबार आयोजित भन्सार महसुलको विद्युतीय भुक्तानी (इपेमेन्ट) प्रणालीको अर्थमन्त्री जनार्दन शर्माले सुरुवात गरेका हुन् ।इपेमेन्ट प्रणालीको सुरुवातसँगै अब व्यवसायीले भन्सार महसुल अनलाइनमार्फत् तिर्न सक्ने भएका छन् । अनलाइन भुक्तानीबाट घरमै बसेर भन्सार जाँच पास गर्न सकिने तथा राजस्व संकलनमा समेत सहजता […]

भन्सार दिवसको सार्थकता

जनवरी २६, विश्व भन्सार दिवस । विश्वका कैयन् देशहरू आफ्ना उत्पादनहरू निकासीबाट भन्सार राजस्व वृद्धि गर्न तल्लीन छन् । हामी पनि भन्सार राजस्वमा मक्ख छौँ तर निकासीबाट होइन, आयातबाट । नाना, खाना, छानाका सामान र खास गरी दैनिक प्रयोगमा आउने चर्को आयतनको पेट्रोलियम पदार्थको आयातको भन्सार राजस्वबाट हामी उत्साहित भएका छौँ, खासगरी सरकार । त्यसो […]

भन्सार पूर्वाधारमा लगानी गर

नेपालको वैदेशिक व्यापारमा सबैभन्दा महŒवपूर्ण भूमिका खेल्ने भन्सार कार्यालयहरूको अवस्था विचारणीय छ । धेरै भन्सार कार्यालयहरू धमाधम नयाँ बनिरहेका छन् भने केही अझै पुरानै शैलीमा चलिरहेका छन् । सरकारले देशभरका भन्सार कार्यालयहरूमा एकद्वार अनलाइन प्रणाली पूर्ण रूपमा लागू गरेपछि पनि कतिपय भन्सार कार्यालयका समस्या भने समाधान हुन समय लाग्ने प्रकारका छन् । वास्तवमा सरकारले धेरै […]

भन्सार प्रशासनमा सुधार ल्याइँदै

भन्सार प्रशासनभित्रका समस्या हल गर्न सुधारको काम अघि बढाइने भएको छ ।भन्सार प्रणालीमा रहेका समस्यालाई सम्बोधन गर्नेगरी चालू आर्थिक वर्ष २०७८/७९ देखि छैटौं चरणको पाँचवर्षीय भन्सार सुधार तथा आधुनिकीकरण योजना कार्यान्वयनमा लगेको भन्सार विभागले प्रशासनिक सुधारको कामलाई अघि बढाएको हो । खासगरी भन्सार विभागअन्तर्गत रहेका अनुगमन र अनुसन्धान शाखामा आमूल परिवर्तन ल्याउने गरी रूपान्तरणको काम अघि बढेको छ ।यी दुईओटा शाखालाई स्मार्ट बनाएर भन्सार प्रशासनमा ठूलो सुधार ल्याउन लागिएको विभागका महानिर्देशक नारायणप्रसाद सापकोटा बताउँछन् ...

त्रिवेणी भन्सार अझै ठप्प

पूर्वी नवलपरासी । भारततर्फको वाल्मीकि नगर भन्सार भारत सरकारले नखोलेका कारण त्रिवेणी भन्सार खुले पनि नाका ठप्प छ । वाल्मीकि नगर भन्सारले हिजो (सोमबार) बिहानबाट पैदल आउजाउ गर्न दिए पनि गाडी चल्न दिएको छैन । गाडी र सामान आउजाउमा रोक लगाइएकाले त्रिवेणी नाका ठप्प बनेको हो । भारततर्फको भन्सार नखुलेका कारण समस्या भएको त्रिवेणी भन्सार कार्यालयका प्रमुख विकास […]