एमसीसीमार्फत बनाइने ४ सय केभी क्षमताको रातमाटे सबस्टेसनका लागि आवश्यक जग्गा ३५ दिनभित्र खाली गराउन एमसीए नेपालले सूचना जारी गरेको छ । नुवाकोटको बेलकोटगढी नगरपालिकास्थित रातमाटे सबस्टेसनका लागि आवश्यक जग्गा यसअघि नै मुआब्जा वितरण गरी अधिग्रहण भैसकेको छ । सो जग्गा खाली गराउन एमसीए नेपालले सूचना जारी गरेको हो ।