हेटौंडा । हेटौंडास्थित आन्तरिक राजस्व कार्यालयले गत आर्थिक वर्ष २०७७/७८ मा ८ करोड ३ लाख ९८ हजार बेरुजु फर्छ्योट गरेको छ । कार्यालयले ९३ प्रतिशत उपलब्धि हासिल गरेको छ । गत आवमा ८ करोड ६२ लाख ५१ हजार बेरुजु फछ्र्योटको लक्ष्य तोकिएको थियो । यसैगरी मूल्य अभिवृद्धि बक्यौतातर्फ ४ करोड ४६ लाख ५० हजार उठाउने लक्ष्य रहेकोमा ५ करोड १ लाख ३६ हजार बक्यौता उठाई ११२ प्रतिशत उपलब्धि हासिल गरेको कार्यालय प्रमुख शालिकराम आचार्यले जानकारी दिए । कार्यालयले आव २०७७/७८ मा ५ अर्ब ९९ करोड ३८ लाख राजस्व संकलन भएको बताएको छ । लक्ष्यभन्दा ६० करोड बढी राजस्व संकलन भएको हो ।
कार्यालयका अनुसार राजस्व संकलन आव २०७६/७७ को तुलनामा २५ प्रतिशतले बढेको छ । आव २०७७÷७८ मा उक्त वर्षको लक्ष्य ५ अर्ब ३९ करोड ९४ लाख रहेकोमा ५ अर्ब ९९ करोड ३८ लाख राजस्व संकलन भएको छ । रासस