काठमाडौं । मार्गशीर्ष कृष्ण त्रयोदशीका दिन आज पशुपतिनाथमा पितृका नाममा बत्ती बालिदैछ । श्रद्धालुले पशुपतिनाथ वरपरका भागमा पितृका नाममा बत्ती बालेर रातभर जाग्राम बस्ने गर्छन् । भोलि पल्ट चतुर्दशी बिहान बागमतीमा सेलाएर स्नान गरी पाशुपत क्षेत्रमा शतबीज छर्ने परम्परा छ । यसरी बत्ती बालेर रातभर जाग्राम बसी शतबीज छर्दा पितृले सद्गति पाउने विश्वास छ । […]