सरकारी वार्ता टोली गठनको थाकसद्वारा स्वागत, आजै बार्ता टोली घोषणा गर्ने तयारी

थारु कल्याणकारिणी सभा ९थाकस० का अध्यक्ष धनीराम चौधरीको नेतृत्वमा रहेको थरुहट थारुवान संयुक्त संघर्ष समितिसँग बार्ता गर्न गृहमन्त्री रामबहादुर थापा ‘बादल’को संयोजकत्वमा सरकारले तीन सदस्यीय बार्ता टोली गठन गरेको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले वार्ता टोली गठन गरिएको जानकारी दिनुभयो । उहाँकाअनुसार बार्ता टोलीको सदस्यमा प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराई र नेकपा ९एमाले० केन्द्रीय सदस्य भगवती चौधरी रहनुभएको छ ।