संघीयतापछि मुहार फेरियो डुमलिया गाउँको

पाँच वर्ष अघि धनगढी उपमहानगरपालिका वडा नम्बर १७ बासिन्दाहरूमा खानेपानी, स्वास्थ्य, विद्युत् लगायतका आधारभूत सेवाको पहुँच थिएन । विकासबाट पछाडि रहेको साविकको उर्मा गाविसलाई राज्य पुर्न: संरचनापछि धनगढी उपमहानगरपालिकामा गाभिएको थियो ।देश सङ्घीयतामा गएसँगै २०७४ सालको स्थानीय तहको निर्वाचनमा जनप्रतिनिधि निर्वाचित भए । सबैभन्दा विकासबाट पछाडि रहेको सो वडामा रहेको डुमलिया टोलमा विद्युत् पनि थिएन । जननिर्वाचित जनप्रतिनिधिको पहिलो प्राथमिकतामा थियो सोही टोलका बासिन्दालाई विद्युतको पहुँच पुर्‍याउने,