बजाजले गर्‍यो देशकै ठूलो कम्यूनीटी राइड, सहभागिदेखि समूदायलाई उपहार

काठमाडौं । बजाज मोटरसाइकलको नेपालका लागि आधिकारीक बिक्रेता हंशराज हुलासचन्द एण्ड कम्पनीले बजाज पल्सर ‘१०० एनएस राइड’ सम्पन्न गरेको छ । यो कम्पनीले गरेको देशकै सबैभन्दा ठूलो राइड मध्येको एक हो । कम्पनीले कोशी र मधेस प्रदेशका ग्राहकहरुलाई समेटेर १०० एनएस राइड आयोजना गरेको हो । विश्व सिमसार दिवसको अवसर पारेर आयोजना गरिएको उक्त राइड […]

सम्बन्धित सामग्री

इटहरीमा देशकै ठूलो आउटलेट साथीमार्टको आज उद्घाटन

साउन ३०, सुनसरी । नेपालकै ठूलो रिटेल चेन सुपरमार्केट साथीमार्टले मिलनचोक, इटहरीमा नेपालकै सबैभन्दा ठूलो आउटलेटको आज (शनिवार) उद्घाटन गरिएको छ ।  ओ टु ओ (अनलाइन टु अफलाइन) सुबिधा सहित इटहरीमा साथीमार्टको देशकै ठूलो आउटलेट सेवा शुरु भएको हो । शनिवार एक कार्यक्रमकाबिच इटहरी उद्योग वाणिज्य संघका अध्ययक्ष भिम पौडेलले सुपरमार्केटको उद्घाटन गरेका हुन् ।  करीब ३ करोड रुपैयाँ लागतमा सञ्चालित शाखामा साथीमार्टको प्रदेश एकको क्षेत्रीय कार्यालय तथा गोदाम (वितरण केन्द्र) समेत रहने साथीमार्ट इनकर्पोरेट प्रालिका संस्थापक सीईओ सागर पोख्रेलले बताए । इटहरीको फुलबारी लाइन स्थित मिलनचोकमा खुलेको मार्टको आउटलेट वयरहाउस सहित पाँच हजार वर्गफिट रहेको बताइएको छ । फेन्चाइज नभइ साथीमार्ट इनकर्पोरेट प्रालिको पूर्ण स्वामित्वमा रहने नयाँ आउटलेटमा करीब तीस जनाले प्रत्यक्ष रोजगारी पाएका छन् । ओ टु ओ मार्ट भएकाले इटहरी र आसपासका उपभोक्ताले साथीमार्टको आधिकारिक वेबसाइटमा मार्फत आफूलाई आवश्यक सामान रोजेर अर्डर गरि घरैमा डेलिभरी मगाउन सक्नेछन् । इटहरी आउटलेटमा ग्रोसरी, कस्मेटिक, बेकरी, होमकेयर, बेबिकेयर, किचन वेयर, लिकर, बर्थ डे, गिफ्ट, तरकारी फलफूल, इलेक्ट्रोनिक्स लगायतका सामान उपलब्ध हुने बताइएको छ । मार्टमा ग्राहकले ३५ प्रतिशत सम्मको छूट, फल्यास सेल, डिल अफ द मन्थ, नेपाली मेड कलेक्सन लगायतको सुविधा रहने बताइएको छ । स्टोर पूर्ण डिजिटल तथा अत्याधुनिक तरिकाले सञ्चालन हुने नेपालकै पहिलो मार्ट हुने पोख्रेलको दाबी छ । साथै, ग्राहकलाई पिक अप सम्मको सुविधा प्रदान गर्ने पोख्रेलले बताए । साथै ग्राहकहरुका लागि एनआईसी एसिया बैंकबाट समान खरीद गर्दा २०% सम्मको छूटका साथै स्पिन द व्हीलबाट उपहार जित्ने मौका रहेको र ग्राहकको लागि फोटो कन्टेस्टबाट सामाजिक सन्जालमा थप मनोरन्जन बढाउन सफल हुने मार्टले जानकारी दिएको छ । साथै यस आर्थिक बर्ष भित्र फ्रेन्चाइज बाहेक साथीमार्टकै लगानीमा नेपालका विभिन्न शहरमा १० ओटा आउटलेट खोलिने पोख्रेलले बताए ।