दुई महिनादेखि १४ वर्षीया किशोरी बेपत्ता, अनुसन्धान गर्न प्रहरीको आलटाल

प्रहरीले खोजी नगरिदिँदा रौतहट माधवनारायण नगरपालिका, माधोपुरकी १४ वर्षीया किशोरी दुई महिनादेखि ‘गायब’ छिन् । १८ मंसिरमा रौतहटको कटहरीय नगरपालिकास्थित फत्तेपुरबाट ‘हराएकी’ किशोरी अझै फेला परेकी छैनन् ।