दाङ – दाङको देउखुरीमा गए राति सुतेको बेला निसास्सिएर एक जनाको ज्यान गएको छ ।
लमही नगरपालिका वडा नम्बर ९ अमिलियामा बस्दै आएका करिब २९ वर्षीय कुसुम सुनारको निसास्सिएर गएराति ज्यान गएको वडा प्रहरी कार्यालय लमहीले जनाएको छ ।
सुनार केही महिना यता अमिलियाको एक होटलमा खाना बनाउने काम गर्दै आएका थिए । दिनभरि होटलको काम सकेर साँझ श्रीमान श्रीमती सँगै सुतेको र बिहान श्रीमती उठेर श्रीमानलाई बोलाउँदा नबोलेपछि प्रहरीलाई खबर गरेकी थिइन् ।
कोठा भित्र कोइला बालेर सुतेको कारण निस...