‘सरुवा' खोज्दै अर्थ सचिव मरासिनी

‘बजेट निर्माण र सीसीक्यामेराको फुटेजका विषयमा विवाद भएपछि उहाँ तनाबमा देखिनुहुन्थ्यो। त्यसैले पनि पुनः शर्मासँग काम गर्ने पक्षमा देखिनुहुन्न।’...

सम्बन्धित सामग्री

मरासिनी प्रधानमन्त्री कार्यालयमा तानिए

सरकारले सचिवहरूको सरुवा गरेको छ । सरकारले अर्थसचिव मधु मरासिनीलाई प्रधानमन्त्री कार्यालय तानेर जगेडामा राखेको छ ।आज बसेको मन्त्रिपरिषद् बैठकले मरासिनीलाई जगेडामा राख्दै महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका सचिव हरिप्रसाद मैनालीलाई युवा तथा खेलकुद मन्त्रालयमा तानेको छ । उनको ठाउँमा लुम्बिनी प्रदेशको प्रमुख सचिवका रूपमा काम गरिरहेका सचिव डिल्लिराम शर्मालाई ल्याइएको छ । अर्थमन्त्री जनार्दन शर्मा विवादमा तानिएपछि अर्थ सचिव मरासिनी बिदामा बसेका थिए ।

अर्थ सचिव मरासिनी आज पनि मन्त्रालयमा अनुपस्थित

काठमाडौँ । अर्थ सचिव मधुकुमार मरासिनी सोमबार पनि अर्थ मन्त्रालय हाजिर भएका छैनन् । आइतबार अर्थमन्त्री जनार्दन शर्माको स्वागतमा अनुपस्थित भएका मरासिनी बिदामा रहेका वा कुनै कार्यक्रममा सहभागी रहेको भन्ने खुलेको छैन । शर्मा आइतबार अर्थमन्त्रीका रूपमा दोस्रो इनिङ सम्हाल्न अर्थमन्त्रालय पुग्दा राजस्व सचिव कृष्णहरि पुष्करले नै स्वागत गरेका थिए । बजेटमा करको दर हेरफेर […]

अर्थसचिव फेरि बिदामा

अर्थमन्त्रीमा जनार्दन शर्मा नै नियुक्ति हुने भएपछि अर्थ सचिव मधुकुमार मरासिनी बिदामा बसेका छन् ।जनार्दन शर्मा अर्थ मन्त्रीमा बहाल रहेसम्म अर्थमा नबस्ने भन्दै यसअघि पनि बिदामा बसेका सचिव मरासिनी जनार्दन शर्माले राजीनामा दिनु अघि पनि बिदामा बसेका थिए । तर, मरासिनी बिदाममा बसेकै दिन मन्त्री शर्माले राजीनामा दिएपछि उनी भोलिपल्ट असार २३ गतेदेखि नै काममा फर्किएका थिए ।पुनः अर्थमन्त्रीमा शर्मा नै फर्किने भएपछि सचिव मरासिनी बिदामा बसेका हुन् ।अर्थ सचिव बिदामा बसेपछि राजस्व सचिव कृष्णहरी पुस्करको नेतृत्वमा मन्त्रालयका कर्मचारीले मन्त्री शर्माको स्वागत गर्नेछन् ।

अर्थमन्त्रीबाट जनार्दन शर्माले राजीनामा दिएपछि मन्त्रालय फर्किए सचिव मरासिनी

काठमाडौं । अर्थ सचिव मधुकुमार मरासिनी आज काममा फर्किएका छन् । जनार्दन शर्मा अर्थमन्त्री हुँदासम्म अर्थ मन्त्रालय नआउने भन्दै मरासिनी बिदामा बसेका थिए । अर्थमन्त्री शर्माले राजीनामा दिएको भोलिपल्ट उनी अर्थ मन्त्रालय आएका हुन् । बजेट निर्माणको अघिल्लो रात बाहिरी मान्छे ल्याएर करको दर हेरफेर गरेको भन्दै संसददेखि सबैतिर विरोध भएपछि हिजो जनार्दन शर्माले अर्थमन्त्रीबाट […]

नेपाल एयरलाइन्स अहिलेकै मोडलमा चल्न सक्दैन : अर्थ सचिव मरासिनी

२६ पुस, काठमाडौं । अर्थ मन्त्रालयका सचिव मधुकुमार मरासिनीले नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) अहिलेको मोडलमा चल्न नसक्ने बताएका छन् । सोमबार संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा आयोजित छलफलमा अर्थ सचिव मरासिनीले वैकल्पिक मोडलमा नगएसम्म नेपाल वायुसेवा निगम ठीक ढंगले चल्न नसक्ने बताएका हुन् । ‘जतिसक्दो छिटो रिफर्म गरेर देखायोस्’ उनले भने । निगमसँग व्यवस्थापन […]

बैंकिंङ प्रणालीमा तत्काल ५० अर्ब थप तरलता उपलब्ध: अर्थ सचिव मरासिनी

अर्थ सचिव मधु कुमार मरासिनीले बैंकिंङ प्रणालीमा तत्काल रू ५० अर्ब थप तरलता उपलब्ध हुन जाने बताएका छन् । तरलता संकुचनको अबस्थालाई सम्बोधन गर्न २०७९ असार मसान्त सम्मको लागि बैंकहरूले स्थानीय तहको कोषको रकम निक्षेपको रूपमा परिचालन गर्न पाउने सिमा साबिकको ५० प्रतिशतबाट बढाएर ८० प्रतिशत कायम गरिएकोले प्रणालीमा तत्काल रू ५० अर्ब थप तरलता उपलब्ध हुन जाने बताएका हुन् । अर्थ मन्त्रालयले स्थानीय तहको संचिति कोषको रकम निक्षेपको रुपमा गणना गर्न सक्ने ब्यबस्था गरेको हो । अर्थमन्त्री जनार्दन शर्माले पुस २ गते मन्त्रीस्तरीय निर्णय गर्दै यस्तो ब्यबस्था गरेका हुन् ।मन्त्रालयको वित्तीय क्षेत्र ब्यबस्थापन तथा संस्थान समन्वय महाशाखाले यो ब्यबस्था कार्यन्वयनको लागि आवश्यक कार्य गर्न नेपाल राष्ट्र बैंक र महालेखा नियन्त्रक कार्यालयलाई पत्राचार गरेको छ। मन्त्रालयले 'स्थानीय तहको सञ्चित कोषको ८० प्रतिशतसम्म आयात र व्यापारिक क्षेत्रमा नगरि उत्पादनशील क्षेत्रमा परिचालन गर्न पाउने गरी यही २०७९ असार मसान्तसम्म बाणिज्य बैंकहरुले निक्षेपको रुपमा गणना गर्न पाउने' निर्णय गरेको हो ।अब नेपाल राष्ट्र बैंकले यस विषयमा निर्देशन दिएसंगै बैंकहरुलाई स्थानीय तहको सञ्चित कोषको ८० प्रतिशतसम्म आयात र व्यापारिक क्षेत्रमा नगरि उत्पादनशील क्षेत्रमा परिचालन गर्न पाउने गरी यही २०७९ असार मसान्तसम्म बाणिज्य बैंकहरुले निक्षेपको रुपमा गणना गर्न पाउने ब्यबस्था खुल्ने छ । तरलता अभावसँग जुधी रहेका बैंकहरुलाई यसले तरलतामा केहि सहज पार्ने विश्वास गरिएको छ ।