राप्रपाले काठमाडौंसहित देशभरका सबै जिल्लामा भ्रष्टाचारविरुद्धमा कालोपट्टी लगाएर विरोध प्रदर्शन गरेको छ । बुधबार पार्टीनिकट सबै जनवर्गीय संगठनको संयुक्त आयोजनामा कालोपट्टी बाँधेर प्रदर्शन भएको राप्रपा प्रवक्ता तथा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए । २०४७ पछिका उच्चपदस्थको सम्पत्ति छानबिनको माग राखेको राप्रपा भ्रष्टाचारको मुद्दामा कठोर बन्दै आएको छ । राप्रपाले गत १ असारमा विभिन्न २२ सुत्रीय माग राखेर प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको थियो । आफ्ना माग पूरा गराउन राप्रपा दोस्रो च