विज्ञहरूले तेस्रो लहरको सामना गर्न बच्चाहरूका डाक्टर, अन्य मेडिकल स्टाफ, भेन्टिलेटर, एम्बुलेन्स र अरू स्वास्थ्य सामग्रीको अहिलेदेखि नै प्रबन्ध गर्न सुझाव दिएका छन्। अहिले भएको जनशक्ति र स्वास्थ्य सामग्री तेस्रो लहर धान्न पर्याप्त नहुने उनीहरूको भनाइ छ।