रुपन्देही निर्वाचन क्षेत्र नम्बर २ मा गणनाका क्रममा मुचुल्कामा रहेको भन्दा बढी मतपत्र भेटिएको भन्दै सत्ता गठबन्धन र राष्ट्रिय स्वतन्त्र पार्टीका प्रतिनिधिहरूले विरोध गरेपछि मतगणना रोकिएको छ ।
सुनसरी । सञ्चार मन्त्री ज्ञानेन्द्रबहादुर कार्की उम्मेदवार रहेको सुनसरी ४ मा मतगणना रोकिएको छ । कांग्रेस प्रतिनिधिहरूले शुक्रबार राति एमालेका नाममा ६०५ मत थपिदिएको भन्दै विरोध गरेपछि मतगणना रोकिएको हो । रोकिएको मतगणना सुचारू गर्न अहिले सर्वदलीय बैठक बसिरहेको छ । पछिल्लो मतपरिणाम अनुसार कार्कीले २१ हजार ६ सय ७८ मत पाएका छन् भने नेकपा […]
The post सञ्चार मन्त्री कार्कीको क्षेत्रमा मतगणना रोकियो appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....
सुनसरीमा मतगणना रोकिएको छ । नेपाली कांग्रेसले धाँधलीको आशंका जनाएपछि सुनसरी ४ को प्रतिनिधिसभा तर्फको मतगणना रोकिएको हो । मतगणनाको विवरण रुजु गर्ने क्रममा कर्मचारीले मत विवरण थपघट गरेको पाइएको भन्दै कांग्रेसले आपत्ति जनाएको छ ।सोही विषयलाई लिएर नेपाली कांग्रेसका उम्मेदवार ज्ञानेन्द्रबहादुुर कार्कीले घटना छानबिनको मागसहित सर्वदलीय बैठकको माग गरेका छन् । सो पश्चात् मुख्य निर्वाचन अधिकृतको कार्यालयले सर्वदलीय बैठक बोलाएको छ । सर्वदलीय बैठक डाकिएसँगै प्रतिनिधिसभा तर्फको मत गणना तत्कालका ला
प्रतिनिधिसभा सदस्यका लागि रुपन्देही क्षेत्र नम्बर २ मा भइरहेको मतगणना रोकिएको छ । मतगणनास्थलमा कम्युटरमा राखिएको तथ्यांक र गणनास्थलको मतपत्रको संख्या फरक परेपछि मतगणना रोकिएको छ ।
गणनाका क्रममा ३४ मत...
७ मंसिर, बारा । बारा क्षेत्र न.१ को कोल्हवी नगरपालिकामा जारी रहेको प्रतिनिधिसभातर्फको मतगणना रोकिएको छ । मतगणनास्थलमा विवाद भएपछि मतगणना रोकिएको निर्वाचन अधिकृत कैलास केसीले जानकारी दिए । निर्वाचन अधिकृत केसीका अनुसार दुई वा सोभन्दा बढी पालिकाको मत मिसाएर मतगणना गर्ने सहमति भएता पनि कांग्रेसका प्रतिनिधिहरुले सम्बन्धित पालिकाको वडा-वडाको छुट्टै गणना गर्न माग गरेपछि […]
बारा । बारा क्षेत्र न.१ को कोल्हवी नगरपालिकामा जारी रहेको प्रतिनिधिसभा तर्फको मतगणना रोकिएको छ । मतगणना स्थलमा विवाद हुँदा मतगणना रोकिएको हो । नेपाली कांग्रेसका सहमहामन्त्री तथा खानेपानी मन्त्री समेत रहेका उमेदवार उमाकान्त चौधरी एमाले नेता अच्युत प्रसाद मैनालीसँग ५ हजार बढी मतले पछि परेपछि कांग्रेसका मतगणना प्रतिनिधिले दिउँसो ४ बजेबाट विवाद सुरु गरेपछि […]
बारा – बारा क्षेत्र न.१ को कोल्हवी नगरपालिकामा जारी रहेको प्रतिनिधिसभा तर्फको मतगणना रोकिएको छ । मतगणना स्थलमा विवाद हुँदा रोकिएको हो । नेपाली कांग्रेसका सहमहामन्त्री तथा खानेपानी मन्त्री समेत रहेका उमेदवार उमाकान्त चौधरी एमाले नेता अच्युत प्रसाद मैनालीसँग ५ हजार बढी मतले पछि परेपछि कांग्रेसका मतगणना प्रतिनिधिले दिउँसो ४ बजेबाट विवाद सुरु गरेपछि मतगणना […]
धनुषा, २ जेठ । धनुषाको नगराइन नगरपालिका–२ को मतगणना रोकिएको छ । राष्ट्रिय प्रावि जटहीमा मतगणनाको क्रमा मतपत्रमा निर्वाचन अधिकृतको दस्तखत नभेटिएपछि लोसपाका मेयरका उम्मेदवार राजेश चौधरीसहित ११ जनाले निवेदन दिएपछि मतगणना स्थगित गरिएको निर्वाचन आयोगले जनाएको छ ।
काठमाडौं, २ जेठ । काठमाडौं महानगरपालिका वडा नम्बर ३२ को मतगणना स्थगित भएको छ । शनिबारदेखि जारी मतगणनाको क्रममा आज बिहान नेकपा एमाले र सत्तारुढ दलका प्रतिनिधिबीच विवाद सुरु भएको हो । केही बेर चर्काचर्की भएपछि सुरक्षा व्यवस्था समेत कडा पारिएको छ ।
स्याङजा । स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकामा मतगणना रोकिएको छ । एमालेका कार्यकर्ताले तोडफोड गरेको गाडीको क्षतिपुर्ति माग गर्दै कांग्रेसले असन्तुष्टि जनाएपछि मतगणना रोकिएको हो । कांग्रेसका नेताहरूले एमालेबाट क्षतिपुर्ति आएपछि मात्रै मतगणना पुनः सुरु गर्न तयार रहेको बताएका छन् । सर्वदलीय बैठक बसेपछि मात्रै मतगणना गरिने निर्वाचन अधिकृत कार्यालयले जनाएको छ ।