मतदाता सङ्ख्या धेरै रहेको स्थानमा मतदानस्थल सहज नभएको र अपुग रहेको निष्कर्ष निस्किएपछि आगामी निर्वाचनका लागि भक्तपुरका ६ वटा मतदान केन्द्र परिवर्तन गरिने भएको छ । भक्तपुर नगरपालिकाका तीन, मध्यपुर थिमि नगरपालिकाका दुई र सूर्यविनायक नगरपालिकाका एउटा मतदानस्थल परिवर्तन गरिने भएको जिल्ला निर्वाचन कार्यालय भक्तपुरका सूचना अधिकारी भीमबहादुर बीसीले जानकारी दिए । कार्यालयका अनुसार भक्तपुर नगरपालिका साविक वडा नं। ५ कार्यालय भोलाछें र साविक वडा नं। ९ चोछेंस्थित बालबोध शान्ति विद्यालयलाई पर