नेशनल लाइफ इन्स्योरेन्सले सुनकोसी गाउँपालिका क्षेत्रमा बसोवास गर्ने जनताले सर्वसुलभ स्वास्थ्य सेवा प्राप्त गर्न सकून् भन्ने उद्देश्यका साथ २० लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ । कम्पनीको सामाजिक उत्तरदायित्व अन्तरगत सो सहयोग गरिएको हो । यसैबीच सुनकोशी गाउँपालिका र एक एक पाइला फाउण्डेसन बीचको सहकार्यमा सञ्चालित ‘एक एक पाइला ठोकर्पा आधारभूत अस्पतालमा दाता सम्मान तथा अभिनन्दन कार्यक्रम’ एक समारोहका बीचमा सम्पन्न भएको छ । सुनकोशी गाउँपालिका वडा नं. १ का अध्यक्ष कुमार शाही