सेतीमा स्वास्थ्यकर्मी भर्नाको विरोध गर्ने भट्टमाथि माओवादीको कारवाही

६ वैशाख, धनगढी । सेती प्रादेशिक अस्पतालमा स्वास्थ्यकर्मी भर्ना प्रक्रियाको विरोध गर्ने डिल्लीराज भट्टलाई नेकपा माओवादी केन्द्रले कारवाही गरेको छ । अस्पताल व्यवस्थापन समितिका सदस्य रहेका भट्टलाई नेकपा माओवादी केन्द्र धनगढी नगर कमिटीको पदाधिकारी बैठकले साधारण सदस्य समेत नरहने गरी कारवाही गरेको हो । नगर अध्यक्ष सुरज खातीको अध्यक्षतामा मंगलबार बसेको पदाधिकारी बैठकले पार्टीको विधि […]