मुरारका भन्छन्, ‘मुद्दा चलाएर अख्तियारले उपहार दिईहाल्यो, अब जग्गा व्यापार गर्नुपर्ला’

बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ‘हाई प्रोफाईल’ उद्योगीले चलाएकासहित ९ सिमेन्ट तथा चुनढुंगा उद्योगविरुद्द विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दर्ता गर्यो । नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष पशुपति मुरारकासहित ९ उद्योगीविरुद्द अख्तियारले मुद्दा दायर गरेपछि अहिले निजी क्षेत्र तरंगित छ । मुरारको सिद्धार्थ मिनरल्स प्रा.ली. विरुद्द ४९ करोड ४५ लाख ५१ हजार बिगो दाबीसहित मुद्दा परेको छ । विष्णु न्यौपाने, प्रबलजंग पाण्डे लगायतका ९ उद्योगीविरुद्द १ अर्ब २४ करोड ४५ लाख २६ हजार बिगो दाबीसहित अख्तियारले मुद्दा दायर गरेको हो । तर, उद्योगीले भने बिना कुनै आधार आफूहरुविरुद्द मुद्दा लगाईएको बताएका छन् ।यसो भन्छन् मुरारकाकानुन सम्मत र उद्योगले खानी लिँदा उल्लेख भएकै सर्त अनुसार खानी उत्खनन् गरिएको दाबी गर्दै मुरारकाले औद्योगिक वातावरण बिगार्ने नियतका साथ मुद्दा हालिएको दाबी गरेका छन् । उनले कुनै वर्ष बढी खनिएको हुन सक्ने र कुनै वर्ष कम खनिएको हुन सक्ने भन्दै यसलाई तोकिएको भन्दा बढी उत्खनन् गरियो भन्न नमिल्ने बताए ।‘कुनै वर्ष बढी खनियो होला, कुनै वर्ष कम खनियो होला’ उनले बिजपाटीसँग भने, ‘जति खनिएको छ, त्यतिको रोयल्टी बुझाउनुपर्छ, बुझाएका पनि छौँ । खानी लिँदा उद्योगीहरुले नै माइनिङ स्किम बनाएर दिनुपर्छ, त्यसमा खानीमा कति डिपोजिट छ, वर्षमा कति खन्दा कति वर्षसम्म पुग्छ भनेर हामीले नै लेखेर दिने हो, त्यही माइनिङ स्किम अनुसार हामीले खानी उत्खनन् गर्न पाएपछि कुनै बर्ष कम पनि खनिन्छ । कुनै बर्ष बढी पनि खनिन सक्छ । जति खनेपनि रोयल्टी त बुझाएकै छौँ ।’उनले यदि कुनै खानी १५ वर्षमा खनिसक्ने भनेर स्वीकृति पाएको तर, १४ वर्षमै खनि सकियो भने पनि त्यहाँबाट जति परिमाणको स्वीकृति लिएको हो, त्यति नै खन्ने भएकाले बढी खनियो, कम खनियो भन्न नमिल्ने पनि बताए । ‘हामीलाई पूर्व जानकारी दिईएन’मुरारकाले १ अर्ब २४ करोड ४५ लाखको ‘फिगर’ नै कहाँबाट आयो भन्ने बुझ्न नसकिएको बताएका छन् । उनले आफूहरुलाई विभागबाट एक पटक पनि यति पैसा तिर्नुपर्यो भनेर कुनै पत्र नआएको दाबी गर्दै पूर्व जानकारी बिना नै उद्योगीलाई बद्नाम गराउन मुद्दा लगाईएको बताए ।‘त्यो फिगर कहाँबाट अयो ?’ उनले प्रश्न गर्दै भने, ‘हामीलाई चिठी पठाएर तिर्नु भनेको तर हामीले नतिरेको र अर्को समिति बनेको भए मिलिमतो देखियो भन्ने हुन्थ्यो । तर, कुन समितिले कति तिर्नु भन्यो भन्ने विषय हाम्रो जानकारीको विषय भएन । हामीलाई एक पटक १ लाख तिर्नुपर्यो भनियो, हामीले तिर्यौ पनि । तर, अहिले त बिना कुनै कानुनी आधारमा एकाएक मुद्दा दायर गरिएको छ । हामीलाई काटेको पत्र देखाउनुपर्यो नि, पत्र देखाओस् अहिले पैसा तिर्न तयार छु ।’उनले कानुनमा १ लाख जरिवाना गर्न सकिने भनेर लेखिएको भएकाले त्यतिबेला आफूहरुले ‘ल ठिकै छ नि त’ भनेर १ लाख जरिवाना तिरेको तर, अहिले कानुन विपरित मुद्दा हाल्ने काम भएको बताए । ‘हामीलाई यस विषयमा पहिल्यै जानकारी दिएको भए हामी त्यतिबेलै अदालत जान्थ्यौँ’ मुरारका भन्छन्, ‘कानुन अनुसार जेल सजाय तोकिएको मान्छेलाई झुण्ड्याउन मिल्छ ? १ लाख जरिवाना त तिरिसक्यौँ नि, अहिले त १ अर्ब २४ करोड माग गरेर मुद्दा हालिएको छ, यो त झुण्ड्याएकै सरह भयो नि ।’ !अदालतले आधार त खोज्ला नि !‘अदालतले पनि आधार त खोज्ला नि, बोलाउला, आधार प्रमाण हेर्ला’ मुरारका भन्छन्, ‘मुद्दा त दायर भई नै हाल्यो, अब कानुनी उपचार बाहेक अर्को विकल्प रहेन । विशेष अदालतले आधार प्रमाण हेरेरै फैसला गर्ला भन्ने विश्वास छ । यदि त्यसो भएन, अख्तियारकै आरोप सदर गरिदियो भने त्यो भन्दा माथिल्लो (पुनरावेदन) तहमा जान्छौँ ।’जग्गा व्यापार गर् भन्या हो ?मुरारकाले आक्रोशित हुँदै औद्योगिक वातावरण खल्बल्याउन आफूहरुविरुद्द मुद्दा हालिएको बताए । सिमेन्टमा मुलुकलाई आत्मनिर्भर बनाएर, हजारौँलाई रोजगारी दिएर निर्यातको बहस छलफलमा केन्द्रित रहेका बेला अख्तियारले मुद्दाको उपहार थमाईदिएको गुनासो मुरारकाको छ ।उनले उत्पादनमा लाग्न प्रेरित गर्नुको सट्टा ‘जग्गा व्यापार गर्, उद्योग बन्द गर्’ भन्न खोजेको हो ? भन्दै प्रश्न पनि गरे । ‘जग्गा व्यापार गरेर बस् भन्या त होला नि, पैसा छिटो कमाईहालिन्छ, रिक्स पनि हुँदैन’ मुरारका भन्छन्, ‘किन उत्पादनमा जाने ? रिक्स किन लिने ? किन रोजगारी दिएर बस्नुपर्यो ? जग्गा व्यापार गर्दा त भाउ पनि घट्दैन, कमाई उद्योगमा भन्दा बढी भईहाल्छ । लगानी पनि परेन ।’

सम्बन्धित सामग्री

‘धाम’ को जग्गा व्यक्तिको नाममा

केही वर्षदेखि बिक्री हुन सुरु भएको दाङ गढवा गाउँपालिका वडा नम्बर ४ मा रहेको जंगलकुटि बाबा धामको जग्गा अहिले जग्गा ‘कारोबारी’ देखि व्यक्तिको हातमा पुगेको छ।...

जग्गा सम्याउने नाममा जनप्रतिनिधिले नै सार्वजनिक जग्गा मिचेको आरोप

जग्गा सम्याउने बहानामा गोदावरी नगरपालिकाका जनप्रतिनिधिले वन, राजकुलो, सरकारी जग्गा मिचेको आरोप लागेको छ । नगरपालिकाका सबैजसो वडामा भइरहेको जग्गा प्लटिङमा मेयर, उपमेयर, वडाअध्यक्षलगायत जनप्रतिनिधि सार्वजनिक वन, राजकुलो, सरकारी जग्गा मिच्न...

तुलसीपुर उपमहानगरको जग्गा अतिक्रमणको चपेटामा

दाङको तुलसीपुर उपमहानगरपालिकाको नाममा १० विघा भन्दा बढि जग्गा छ। तर, उपमहानगरपालिकाले भोगचलन भने सीमित जग्गा मात्रै गर्दै आएको छ। अन्य सबै जग्गा अतिक्रमणमा परेको छ। उपमहानगरपालिका कार्यालय रहेको १०...

उपमहानगरकै जग्गा अतिक्रमणमा

काठमाडौं, मंसिर २७ । । दाङ तुलसीपुर उपमहानगरपालिकाको नाममा १० बिघाभन्दा बढी जग्गा छ । तर उपमहानगरपालिकाले भोगचलन भने सीमित जग्गामात्रै गर्दै आएको छ । अन्य जग्गा अतिक्रमणमा परेको छ । उपमहानगरपालिका कार्यालय रहेको १० कठ्ठा जग्गा र बसपार्क क्षेत्रको केही जग्गामात्रै प्रयोग गरेको छ । उपमहानगरपालिकाको कार्यालय रहेको उत्तर–पूर्वतर्फको पनि केही जग्गा अतिक्रमणमा परेको […]

तुलसीपुर उपमहानगरपालिकाको जग्गा अतिक्रमणमा

२७ मङ्सिर,  तुलसीपुर । दाङ तुलसीपुर उपमहानगरपालिकाको नाममा १० बिघाभन्दा बढी जग्गा छ । तर उपमहानगरपालिकाले भोगचलन भने सीमित जग्गामात्रै गर्दै आएको छ । अन्य जग्गा अतिक्रमणमा परेको छ । उपमहानगरपालिका कार्यालय रहेको १० कठ्ठा जग्गा र बसपार्क क्षेत्रको केही जग्गामात्रै प्रयोग गरेको छ । उपमहानगरपालिकाको कार्यालय रहेको उत्तर–पूर्वतर्फको पनि केही जग्गा अतिक्रमणमा परेको छ […]

उपमहानगरकै जग्गा अतिक्रमणमा

तुलसीपुर– दाङ तुलसीपुर उपमहानगरपालिकाको नाममा १० बिघाभन्दा बढी जग्गा छ । तर उपमहानगरपालिकाले भोगचलन भने सीमित जग्गामात्रै गर्दै आएको छ । अन्य जग्गा अतिक्रमणमा परेको छ । उपमहानगरपालिका कार्यालय रहेको १० कठ्ठा जग्गा र बसपार्क क्षेत्रको केही जग्गामात्रै प्रयोग गरेको छ ।  उपमहानगरपालिकाको कार्यालय रहेको उत्तर-पूर्वतर्फको पनि केही जग्गा अतिक्रमणमा परेको छ । जहाँ तीन […]

जग्गा रोक्काले आतंक

आइतबारको प्रदेशसभा वैठकमा विशेष समय लिएर बाेल्दै कोइरालाले कतै जग्गा रोक्का नगरेर कतै जग्गा रोक्का गरेर जनतालाई आतंकित पारिएको बताए।...

आफ्नै जग्गा फिर्ता गर्न नयाँ जनप्रतिनिधिको पर्खाइ

गुल्मी -गुल्मीका स्थानीय आफ्नै जग्गा फिर्ताको लागि नयाँ जनप्रतिनिधिको पर्खाइमा रहेका छन् ।जिल्लाको मालिका गाउँपालिका–५ का स्थानीय आफ्नै निजी जग्गा गाउँपालिकाले हडेपछि फिर्ताका लागि नयाँ जनप्रतिनिधिको पर्खाइमा रहेका हुन् । आफ्नो जग्गा फिर्ताका लागि सयौं पटक गाउँपालिका र जिल्ला प्रशासन कार्यालयमा जाँदासमेत जग्गा फिर्ता नभएको जग्गाधनी मदन गिरिले बताए । “जग्गा फिर्ता गर्न पटकपटक निवेदसहित […]

अतिक्रमित जग्गा फर्काउन हस्ताक्षर

सरकारी, सार्वजनिक एवं गुठी जग्गा संरक्षण समितिले अतिक्रमित जग्गा तुरुन्त सरकारकै नाममा कायम गर्न हस्ताक्षर संकलन थालेको छ। सरकारी, सार्वजनिक, गुठी जग्गा व्यक्तिका नाममा पार्न भूमिका देखिएका तत्कालीन प्रधानमन्त्रीसम्मलाई कारबाहीको दायरामा ल्याउन पनि  समितिले माग गरेको छ। समितिका महासचिव युवराज कोइरालाले फिर्ता गर्नुपर्ने ललिता निवासको जग्गा नक्सा पास गरेर धमाधम घर बनिरहेको बताए। ‘बालुवाटारको जग्गा भूमाफियाको नाममा छ। सरकारले रोक्का गरेको जग्गा धमाधम नगरपालिकाले नक्सा पास गरेर घर बनिरहेको छ’, महासचिव को...

सरकारी जग्गा संरक्षण गर्न माग

सरकारी, सार्वजनिक एवं गुठी जग्गा संरक्षण समितिले सरकारी जग्गा संरक्षण गर्न माग गरेको छ । समितिले आज शान्ति वाटिकामा एक कार्यक्रमको आयोजना गरी सरकारले सरकारी, सार्वजनिक एवं गुठी जग्गा आफू मातहत ल्याएर संरक्षण गर्न माग गरेको हो ।     समितिका महासचिव युवराज कोइरालाले सरकारको नाममा रहेको जग्गा जमीन सरकारले आफ्नै मातहतमा ल्याएर भोगचलन गर्नुपर्ने माग गर्दै हस्ताक्षर अभियान सञ्चालन गरिएको जानकारी दिए । समितिले २३ गतेदेखि हस्ताक्षर अभियान सञ्चालन गरेको उाको भनाइ थियो ।