काठमाडौं । सरकारले ४० जना सहसचिवको सरुवा गरेको छ । बिहीवार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न मन्त्रालय तथा निकायमा कार्यरत सहसचिवको सरुवा गर्ने निर्णय गरे पनि सूची अन्तिम रूप दिन नसक्दा ढिलो गरी निर्णय सार्वजनिक भएको हो ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले २४ जना सहसचिवको सरुवा गरेको छ । आइतबार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले २४ सहसचिवको सरुवा गर्ने निर्णय गरेको हो ।यस्तै भरतपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतको पनि सरुवा भएको छ । भरतपुर महानगरपालिका प्रमुख प्रशासकीय अधिकृत रामबन्धु सुवेदीलाई सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा सरुवा गरिएको छ । भरतपुरमा नारायणप्रसाद सापकोटा पठाइएको छ ।
काठमाडौँ । सरकारले थप तीन सहसचिवको सरुवा गरेको छ । असार १४ गते १९ सहसचिवको सरुवा गरेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सात दिनपछि थप तीन सहसचिवको सरुवा गरेको हो । प्रशासन सिंहदरवार विशेष ब्युरोलाई प्राप्त विवरण अनुसार आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव सुमन दाहालको सङ्घीय अर्थ मन्त्रालयमा सरुवा भएको छ भने सङ्घीय मामिला […]
काठमाडौँ । सरकारले थप नौ सहसचिवको सरुवा गरेको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्रप्रसाद श्रेष्ठले मङ्गलवार प्रशासनतर्फ थप नौ जना सहसचिवको सरुवा गरेका हुन् । शुक्रवार मात्रै मन्त्रालयको रिक्त पदमा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव रुद्रसिंह तामाङलाई सरुवा गरेको थियो । सम्बन्धित समाचार : […]
काठमाडौँ । थप ८ जना सहसचिवको सरुवा भएको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सोमबार(आज) सङ्घ तथा प्रदेशस्थित विभिन्न मन्त्रालय तथा निकायमा कार्यरत सहसचिवहरूको सरुवा गरेको हो । गत बिहीबार मात्रै दर्जन सहसचिवको सरुवा गरेको मन्त्रालयले आज थप सहसचिवको सरुवा गरेको छ । सम्बन्धित समाचार : दर्जन बढी सहसचिवको सरुवा प्रशासन सिंहदरवार ब्युरोलाई […]
काठमाडौं– सरकारले २७ जना सहसचिवको सरुवा गरेको छ। शुक्रबारदेखि लागू हुने गरी मन्त्रिपरिषद्को निर्णयबाट ती सहसचिवको सरुवा गरिएको हो। राजपत्राङ्कित प्रथम श्रेणीका सहसचिवहरु अधिकांश संघबाट संघमै सरुवा गरिएको छ। चार सहसचिवको भने संघबाट प्रदेशमा सरुवा भएको छ। हेर्नुस् सूची
काठमाडौँ । सरकारले ३० जना सहसचिवको सरुवा गरेको छ । प्रशासन सिंहदरवार उच्च स्रोतका अनुसार विभिन्न सेवाका गरी ३० जना सहसचिवको सरुवा भएको हो । केही दिनअघिको सरुवामा त्रुटि भएका र थप नयाँ गरी ३० जना सहसचिवहरूको सरुवा भएको हो । सम्बन्धित समाचार : २९ सहसचिवको सरुवा सूची तयार केही दिन अघि मात्रै ८५ जना […]
काठमाडौँ । सहसचिवको सरुवा अब मुख्यसचिवले नियन्त्रण गर्ने तयारी भइरहेको छ । प्रधानमन्त्रीको विश्वासका आधारमा सामान्य प्रशासन मन्त्रीले सहसचिवसम्मको काज सरुवा गर्दै आएको भए पनि अव भने सिधै प्रधानमन्त्रीलाई रिपोर्टिङ गर्ने गरी मुख्यसचिवले नै नियन्त्रण गर्ने तयारी भइरहेको सिंहदरवार उच्च स्रोतले प्रशासनलाई बतायो । ‘सहसचिवको सरुवा भएर हाजिर भई सकेका हुन्छन् तर मुख्यसचिव र प्रधानमन्त्रीलाई […]