न्युयोर्कः मुस्कान हराएका मानिसको सहर

विश्वको सांस्कृतिक, आर्थिक र सञ्चारको राजधानी हो, न्युयोर्क सहर ! अन्तर्राष्ट्रिय कूटनीतिको महत्वपूर्ण केन्द्र पनि हो न्युयोर्क सहर ! न्युयोर्क अमेरिकाकै अत्यन्त बाक्लो जनघनत्व भएको प्रमुख सहर हो । यहाँ जताततै भीड सल्बलाइरहेको देखिनु यहाँका मानिसहरुलाई सामान्य हुँदो हो, तर नवआगन्तुक भने भीडमा अलमलमा परेका भेटिन्छन् ।