काठमाण्डाै - इङ्ल्यान्डसँगको तेस्रो टी–२० क्रिकेटमा पाकिस्तान पराजित भएको छ । गएराति कराचीमा भएको खेलमा पाहुना टोली इङ्ल्यान्डले पाकिस्तानलाई ६३ रनले हराएको हो । जितसँगै ७ खेलको शृङ्खलामा इङ्ल्यान्डले २–१ को अग्रता बनाएको छ ।
इङ्ल्यान्डले दिएको २ सय २२ रनको लक्ष्य पछ्याएको पाकिस्तानले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ५८ रन मात्रै बनाउन सक्यो । पाकिस्तानका शान मसुदले अविजित ६६ रनको अर्धशतकीय पारी खेले पनि टोलीलाई जिताउन सकेनन् ।
इङ्ल्यान्डका मार्क उडले ३ तथा आदिल रसिदले २ विकेट लिए । साम करन र रिच...