भारत–चीन तनावको भित्री पाटोः लद्दाख सीमामा चिनियाँ सेना, अमेरिकातिर निशाना !

भारत र चीनबीच पोहोर साल जुन महिनामा भएको हिंस्रक भिडन्तपछि सैन्य स्तरमा ११ चरणको वार्ता भइसकेको छ । तैपनि सीमाविवादको कुनै हल निस्केको छैन ।  बुधवार भारतीय पत्रिका बिजनेस स्ट्यान्डर्डले त्यहाँको रक्षा मन्त्रालयका अधिकारीहरूलाई उद्धृत गर्दै गलवानमा हालैको दिनमा चीन र भारतका सैनिकहरूबीच भिडन्त भएको खबर दिएको छ । चिनियाँ जनमुक्ति सेनाले वास्तविक नियन्त्रण रेखालाई धेरै ठाउँमा उल्लंघन गरेको पनि उक्त समाचारमा उल्लेख गरिएको छ । आफूले सहमतिअनुसार छोडेको कतिपय ठाउँमा चिनियाँ सेना पुनः आइपुगेको र मे तथा जुन महिनामा ...