छुटाउनै नहुने आजका मुख्य ११ खबर

काठमाडौं।प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिका भ्रमणमा कुनै सम्झौतामा हस्ताक्षर नगर्ने भएका छन्।पूर्व माओवादीहरू एक ठाउँमा आउने वातावरण बनेको माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले दाबी गरेका छन्।एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले राजा ल्याउने खतरनाक षड्यन्त्र भइरहेको आशंका गरेका छन्। काठमाडौं महानगरपालिकाले आगामी वर्षको लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। उडान सुरक्षित बनाउन नागरिक उड्डयन प्राधिकरणले ६ बुँदे निर्देशन जारी गरेकोछ।