ह्युगो लोरिस विश्वकपको अन्तिम १६ मा हुने पोल्याण्डविरुद्धको खेलमा फ्रान्सका लागि सबैभन्दा धेरै खेल खेल्ने लिलियन थुरामको कीर्तिमान बराबरी गर्दैछन् । सो खेल फ्रान्सका लागि उनको करियरको १४२ औँ खेल हुनेछ । सन् १९९८ को विश्वविजेता टोलीको सदस्य रहेका थुरामले सो कीर्तिमान आफ्नो १४ वर्ष करियरमा बनाएका थिए ।‘यो सानो उपलब्धि होइन । म निकै गौरवान्वित महसुस गरिरहेको छु,’ फ्रान्सका कप्तानले भनेका छन् । टोटनहम हटस्पर्सका गोलकिपर यो महिनाको अन्त्यमा ३६ वर्ष पुग्दैछन् । थुरामले अन्तर्राष्ट्रिय करिय