पुनः कोभिड देखिएपछि आइसोलसनमा बाइडेन

अमेरिकी राष्ट्रपति जो बाइडेनलाई दोस्रो पटक कोभिड परीक्षण भएको छ । पुनः कोभिड देखिएपछि उनी आइसोलसनमा बसेको ह्वाइट हाउसका चिकित्सकले बताएका छन् ।७९ वर्षीय बाइडेनले ‘शनिबार बिहान एन्टिजेन परीक्षणका क्रममा कोभिड पोजेटिभ देखिएको छ’, राष्ट्रपतिका चिकित्सक केभिन ओकोनरले एउटा ज्ञापनपत्रमा लेखेका छन् ।राष्ट्रपति बाइडेनलाई यसअघि जुलाई २१ मा कोरोना संक्रमण पुष्टि भएको थियो ।