तेक्वान्दोमा पुलिसलाई ६ र सेनालाई ३ स्वर्ण

म्याग्दी :नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत बेनीमा जारी तेक्वान्दो खेलमा नेपाल प्रहरी क्लबले ६ वटा स्वर्ण पदक जितेको छ। आइतबारसम्म १० वटा इभेन्ट्स सकिँदा नेपाली सेनाले तीन र मधेश प्रदेशले एक स्वर्ण जितेका छन्। प्रहरीले दुई, नेपाली सेनाले तीन, सशस्त्र प्रहरीले दुई, लुम्बीनीले दुई र मधेश प्रदेशले एक वटा रजत पदक हात पारेको राष्ट्रिय खेलकुद परिषद्का तेक्वान्दो प्रशिक्षक हिरा थापाले जानकारी दिए।गण्डकीले ६ र प्रदेश १ ले ५, सेना, सशस्त्र र बागमती प्रदेशले दुई\दुई तथा लुम्बिनी र पुलिसले एक