वेस्ट इन्डिजविरुद्ध बंगलादेशको क्लिन स्विप

वेस्ट इन्डिजविरुद्धको तीन खेलको एकदिवसीय सिरिजमा बंगलादेशले क्लिन स्विप गरेको छ । घरेलु टोलीविरुद्ध सिरिजको अन्तिम खेलमा ४ विकेटले हराउँदै बंगलादेशले तीन खेलको सिरिज क्लीन स्विप गरेको हो ।गुयनामा शनिबार राति वेस्ट इन्डिजले दिएको १७९ लक्ष्य पछ्याएको बंगलादेशले ४८ ओभर ३ बलमा ६ विकेट गुमाएर पूरा गर्‍यो । बंगलादेशका लागि लिन्टन दासले अविजित रहदै ५० रनको अर्धशतकीय पारी खेले । त्यस्तै तमिम इकवालले ३४ बनाउँदा नुरुल हुसेन ३२ रनमा अविजित रहे । वेस्ट इन्डिजका गुडाकेश मोटीले चार विक