रैथाने कालीमार्सी खेतीमा किसानको आर्कषण

उन्नत जातको धान भन्दा रैथाने कालीमार्सी धानको खेतीमा जुम्ली किसानको आर्कषण देखिएको छ । उन्नत धान भन्दा कालीमार्सीको बजार मूल्य पनि बढी र राष्ट्रिय अन्तर्राष्ट्रिय बजारमा माग पनि बढ्दै गएकाले कालीमार्सी धान खेतीमा जुम्ली किसान आर्कषित भएका हुन् । हाल जुम्लाको २९ सय हेक्टर जमिनमा धान खेती भइरहेको छ । जिल्ला कृषि विकास कार्यालयका प्रमुख […]

सम्बन्धित सामग्री

धान फल्ने ज्युलो मकैबारीमा परिणत

जुम्ला जिल्लाको साविकको  डिल्लीचौर गाविस र अहिलेको पातारासी गाउँपालिका वडा नम्बर ४ तिर्खु ज्युलोमा कालीमार्सी धान रोपिन्थ्यो। गुणस्तरीय धान उत्पादन हुन्थ्यो। किसान जोश, जाँगरका साथ खेती गर्थे। तर दशकयता त्यो ज्युलोमा न धान झुलेको छ, न धान लगाउने प्रयत्न नै गरिएको छ। बरु धान फल्ने फाँट भरी मकै खेती गरिएको छ। धान अहिले हराइसकेको छ। धान खेतीमा किसान जाँगर चलाउँदैनन्  । कुनै बेला कालीमार्सी धान रोपिने तिर्खु ज्युलोमा अहिले मकै नै मकै छ। धानमा मेहनत बढी र सो अनुसार उब्जनी नहुने भएकाले

जुम्लामा रैथाने बाली संरक्षण गर्न ७ ओटा पकेट क्षेत्र निर्धारण

असार २५, जुम्ला । जुम्लाको पातारासी गाउँपालिकाले रैथाने बालीको संरक्षणका लागि सातओटा पकेट क्षेत्र निर्धारण गरेको छ ।  एक गाउँ, एक उत्पादनलाई प्रोत्साहन दिन, चक्लाबन्दी खेतीलाई जोड दिन, सामूहिक खेतीलाई बढवा दिन र कृषिलाई व्यावसायिक बनाउनका लागि गाउँपालिकाभित्र सातओटा पकेट क्षेत्र निर्धारण गरिएको गाउँपालिका अध्यक्ष लछिमान बोहोराले बताए । ‘स्थानीय उत्पादनलाई जोड दिँदै बाँझो जग्गामा पूर्ण खेती गर्ने र बेरोजगार युवालाई रोजगारी उपलब्ध गराउने लक्ष्यका साथ पकेट क्षेत्र निर्धारण गरिएको हो’, उनले भने ।  यहाँ फापर क्षेत्र, ओखर पकेट क्षेत्र, आलु पकेट क्षेत्र र तरकारी पकेट क्षेत्रसहित सातओटा पकेट क्षेत्रमा निर्धारण गरिएको उनको भनाइ थियो ।  संघीय सरकारबाट गाउँपालिको स्यालागडी गाउँमा फापर, पेरेमा सिमी र कालीमार्सी धान, लुममा चिनो कागुनो, लोर्पामा ओखर, उर्थुमा तरकारी र  पट्मारामा आलु पकेट क्षेत्र तोकिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकबहादुर बुढ्थापाले बताए ।  गाउँपालिको सातओटै वडामा पकेट क्षेत्रमा पाँच हेक्टर जग्गा रहेको छ । फापर खेतीमा रू. सात लाख ७० हजार, सिमीमा रू. पाँच लाख ८५ हजार, कालीमार्सी धानका लागि रू. ४८ लाख पाँच हजार, कागुनो चिनो पकेट क्षेत्रमा रू. ४८ लाख पाँच हजार, ओखरखेतीमा रू. पाँच लाख ८५ हजार र आलु पकेट क्षेत्रतिर रू. ४८ लाख पाँच हजार बजेट छुट्याइएको उपाध्यक्ष पुन्नकली महताराले बताए । पशु अस्पताल तथा पशु सेवा कार्यालय जुम्लासँग सहकार्य गरी पातारासी–७ पट्मारामा भेडापालन गरिएको छ । गाउँपालिकाले प्रत्येक वडामा सुहाउँदो बालीको पकेट क्षेत्र तोकेर उत्पादन बढाउने र बाँझो जग्गाको उपयोग गरी रोजगारी सिर्जना गर्ने चिनो कागुनो पकेट क्षेत्रका महादेव कृषि उत्पादन समूहका सचिव रेविका सुनारले बताए ।  पकेट क्षेत्रको निर्धारणले यहाँको कृषि बालीको प्रवर्द्धन हुने विश्वास गरिएको छ । अहिले गाउँपालिकाले पनि स्थानीय उत्पादनबाट बनेको परिकार नै खाजा, नास्ताका रूपमा प्रयोग गर्न थालेपछि यहाँका किसानमा उत्साह थपिएको छ । रासस