उड्ने कारपछि अब उड्ने बाइक पनि बनाइयो

केही दिनअघि मात्र स्लोभाकियामा उड्ने कारको सफल परीक्षण गरिएकोमा अहिले उड्ने बाइकको पनि परीक्षण गरिएको छ ।  उड्ने मोटरसाइकलको नाम पी वान हो र यसलाई स्पीडर नामले पनि चिनिएको छ ।  यसले भर्टिकल उडान र अवतरण गर्न सक्छ । आकाशमा १५ हजार फीटमाथिसम्म यो उड्ने बाइक जान सक्ने बताइएको छ । उड्ने कार चाहिँ ८२ सय फीटको उचाइसम्म जान सक्छ ।  यसलाई बनाउने जेटप्याक एभिएसनका अनुसार, यसका दुई प्रकार सार्वजनिक गरिनेछ । एउटा किसिमलाई सामान्य आवागमनका लागि उपयोग गरिनेछ भने अर्कोथरीलाई सेना वा उद्धारकार्यका लागि प्रयो...