सिरहामा १४ वर्षीया छोरी बलात्कार गर्ने पिता पक्राउ

सिरहामा आफ्नै १४ वर्षीया बालिका छोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । धनगढीमाई नगरपालिका-१२ कुशमाहा बस्ने ३२ वर्षीय पुरुषलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको हो ।घरमा कोही नभएको अवस्थामा ती पुरुषले आफ्नै छोरीलाई बिहीबार साँझ जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय बिष्णुपुरकट्टीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।