बुटवल उपमहानगरपालिकाले आर्थिक वर्ष २०८०/०८१ का लागि वार्षिक कार्यसञ्चालन तालिका बनाएको छ । चालु आर्थिक वर्षका लागि उपमहानगरका स्वीकृत पूर्वाधार विकास निर्माणतर्फका योजना कार्यान्वयन गर्ने प्रयोजनका लागि कार्यसञ्चालन कार्यतालिका बनाएको हो । साउन २५ गते बसेको नगर कार्यपालिकाको बैठकले कार्यतालिका स्वीकृत गरेको छ । कार्यतालिकामा उपभोक्ता समितिमार्फत् सञ्चालित चालु आर्थिक वर्षका योजना चैतभित्रै सम्पन्न गर्नुपर्ने […]