म्याग्दी : म्याग्दीको प्रसिद्ध पदमार्ग राउण्ड धौलागिरिको प्रचारका लागि म्याग्दीमा १२ दिने पदयात्रा शुरु भएको छ।म्याग्दीको धवलागिरि गाउँपालिका मुदीमा अवस्थित राउण्ड धवलागिरिलाई विश्वभर प्रचारप्रसार गरेर पर्यटन प्रवर्धन गर्ने उद्देश्यले हङकङबाट आएका म्याग्देलीले हङकङ लगायतका क्षेत्रमा म्याग्दीको पर्यटन क्षेत्रलाई प्रचारप्रसार गर्ने गरी पदयात्रा सुरु गरेका हुन्।विभिन्न पेशा तथा रोजगारीका क्रममा हङकङमा बसोबास गर्ने म्याग्देलीहरुको संस्था म्याग्दी प्रवासी नेपाली सङ्घ(मोना) हङ्गकङ्गको आयोजनामा पर