साहित्यका सारथि

देशको साहित्यिक, बौद्धिक, शैक्षिक, प्रशासनिक र कूटनीतिक क्षेत्र र अन्तर्राष्ट्रियस्तरमा समेत सम्मानित नाउँ हो यदुनाथ खनाल । मुलुकले यदुनाथको उचाइको विराट प्राज्ञिक व्यक्तित्व प्राप्त गर्न असम्भवजस्तै छ । यदुनाथमा संस्कृत र अङ्ग्रेजी शिक्षाको चाहिँदो ज्ञान थियो । जीवनका विषम परिस्थितिहरूसँग लड्दै–भिड्दै लेखन, अध्ययन र अध्यापन कलामा उच्च सफलता प्राप्त गर्नु यदुनाथको वैशिष्ट्य हो । उनले प्रबन्ध र समालोचनामा पाश्चात्य तरिका अँगालेर पनि नेपाली शैलीलाई आत्मसात् गरी नवचेतनाको प्रेरणा दिनुभयो । संवत् १९७० साउन २८ गते तनहुँको मानुङमा शिक्षित परिवारमा यदुनाथको जन्म भएको हो । उनको निधन ९१ वर्षको उमेरमा २०६१ असोज १६ गते काठमाडौँमा भयो । साहित्य, विज्ञान र दर्शनका त्रिवेणीरत्न यदुनाथको नेपाली भाषासाहित्यको क्षेत्रमा उच्च योगदान छ । संवत् १९९३ को कुरो हो, त्रिचन्द्र कलेजमा निबन्ध प्र